Worldlink ads

रगत कमी भएपछि आकस्मिक रक्तदान

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७५
DSC00745

पोखरा, १० वैशाख । रक्त सञ्चार केन्द्र पोखरामा रगत कमी भएपछि बिहीवार आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ ।

विभिन्न तीन संस्थाले पोखराको बेग्लैबेग्लै स्थानमा आयोजना गरेको रक्तदानबाट १ सय ८३ युनिट रगत संकलन भएको छ ।

‘रक्त सञ्चार केन्द्रमा रगतको कमी भएपछि आकस्मिक रक्तदानका लागि आव्हान गरिएको हो,’ केन्द्रका प्राविधिक महेन्द्र केसीले भने, ‘एक/दुर्इ दिन रक्तदान कार्यक्रम गरी रगत संकलन नगरेको भए अभाव नै हुने अवस्था थियो।’  पोखराका दैनिक ६० देखि ७० युनिट रगत आवश्यक पर्ने उनको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा-१२ ले बिहीवार हस्पिटलचोकमा गरेको रक्तदानमा ९६ युनिट रगत संकलन भएको थियो ।

त्यस्तै, लियो क्लब अफ पोखरा पिस चौतारीले पार्कल्याण्ड हस्पिटलको सहयोगमा अमरसिंहचोकमा आयोजना गरेको रक्तदानमा ६० युनिट र तीन गाउँले थकाली समाजले पोखराको पृथ्वीचोकमा गरेको रक्तदानमा २७ युनिट रगत संकलन भएको छ ।

रेडक्रस सोसाइटी उपशाखा पोखरा-१२ ले गरेको रक्तदान कार्यक्रमको सोसाइटीका जिल्ला उपसभापति कृष्ण तिमिल्सिनाले पहिलो रक्तदाता विन्दुराज घिमिरेलाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा उपसभापति तिमिल्सिना, कोषाध्यक्ष सुरेन्द्र गुरुङ, आजीवन सदस्य पुरन श्रेष्ठ, रक्त सञ्चार केन्द्रका अधिकृत अर्जुन ज्ञवाली लगायत बोलेका थिए ।

रेडक्रस सोसाइटी उपशाखा पोखरा-१२ का अध्यक्ष सूर्यप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव इन्दिरा पन्त आचार्यले स्वागत र सचिव कुश्मराज आचार्यले सञ्चालन गरेका थिए ।

उता, लियो क्लबको कार्यक्रम पार्कल्याण्ड हस्पिटलका अध्यक्ष डा महेन्द्र केसीले पहिलो रक्तदातालाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । कार्यक्रम सदस्य अर्जुन कार्कीले संयोजन गरेका हुन्।

लियो क्लब अफ पोखरा पिस चौतारीका अध्यक्ष देवदत्त बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रम सचिव अनिल ढुङ्गानाले सञ्चालन गरेका थिए ।

रगत कमी हुन नदिन शुक्रबार पनि पोखराका दुर्इ स्थानमा रक्तदान कार्यक्रम गरिँदैछ । डेभिजफल युवा क्लबले छोरेपाटन र नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा-१ ले पृथ्वीनारायण क्याम्पसमा रक्तदान कार्यक्रम गर्न लागेका हुन्।

Related News

सम्बन्धित समाचार

    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…
    • किन देखिन्छन् समाजमा यौन विकृति ?

      रामप्रसाद सुवेदी कार्तिक ६, २०७८
      अहिले नेपाली समाजमा घटेका अनेक घटनाले सामाजिक सञ्जाल भरिएको पाइन्छ । त्यसको मात्रा हेर्ने हो भने धेरै यौनजन्य क्रियाकलामा जोडिएका…
    • आत्महत्याविरुद्ध पत्रकारलाई अभिमुखीकरण

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      लमजुङ । लमजुङमा कार्यरत पत्रकारका लागि आत्महत्याविरुद्ध अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा कोशिस नेपालको सहयोगमा आयोजित अभिमुखीकरण…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग