Worldlink ads

मनिपालमा आन्दोलन नगर्न स्थानीयको सुझाव

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७५
20180523_160351

पोखरा, ९ जेठ । अस्पतालमध्ये पोखरामा सबैभन्दा बढी आन्दोलन हुने, मनिपाल अस्पताल । जहाँ कर्मचारीमात्र होइन, चिकित्सक समेत आन्दोलनमा उत्रदँैआएका छन् । भारतीय व्यवस्थापन भएकाले क्षतिपूर्र्ति सवालमा मनिपालमा बढी तनाव हुने गरेको छ । मनिपाल अस्पतालमा आन्दोलन नगर्न स्थानीयवासीको आग्रह छ । कर्मचारी आन्दोलनका कारण अस्पताल २ दिनदेखि ठप्प छ । तर, फूलबारी क्षेत्रको प्रमुख केन्द्र मनिपाललाई निर्वाध सञ्चालन गर्ने वातावरण बनाउन स्थानीयले आग्रह गरेका छन् ।

आन्दोलन पीडित भनिएका पक्षबाट हुने तर अस्पताल बन्द गर्न नहुनेमा स्थानीय अस्पताल प्रशासनसँग लागेको जस्तो देखिएपछि आन्दोलनकर्ता मात्र होइन, प्रमुख जिल्ला अधिकारीको समेत दुर्वचन खानुपरेको उनीहरुले गुनासो गरे । क्लबले बुधबार पत्रकार सम्मेलन नै गरेर अस्पताल प्रशासनसँग मिलेर आफूहरुले पैसा खाएको आरोप कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले लगाएको भन्दै खण्डन गरेको छ ।

क्लब अध्यक्ष हरिश्चन्द्र बास्तोलाले स्वास्थ्यजस्तो अत्यावश्कीय सेवा अवरुद्ध हुँदा सर्वसाधारण जनता मारमा पर्ने हुँदा कानूनी व्यवस्था कार्यान्वयन गर्दै अस्पताल जस्तो ठाउँ बन्द गर्न नहुने बताए । उनले पीडित पक्षको अधिकारका लागि क्लबले सहयोग गर्ने तर अस्पताल बन्द गर्ने कुरामा समर्थन गर्न नसक्ने बताए ।

अस्पतालको फार्मेसीमा कार्यरत कर्मचारी रमेश बोहरा, टेकबहादुर विक, नीलकण्ठ भट्टराई, लेखा शाखामा कार्यरत अल्पना ठाकुरलाई अस्पताल फार्मेसीमा हिनामिना गरेको आरोपमा निस्काशन गरेपछि अहिले अस्पतालमा कर्मचारी आन्दोलन गरेका छन् । कर्मचारीका कारण हिनामिना नभएको, फार्मेसीमा औषधि खरिद प्रक्रिया, बिक्री वितरणमा अस्पताल प्रशासनकै हात हुने भन्दै कर्मचारीमाथि कारबाहीको विरोधमा मनिपाल बन्द छ । अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मनिपाल इकाइ, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मनिपाल इकाइ, मनिपाल स्वतन्त्र कर्मचारी युनियनको संयुक्त ऐक्यबद्धतामा आन्दोलन भएको छ ।

तत्काल अस्पताल खुलाइ बिरामीको उपचारमा सहजीकरण गर्न भन्दै क्लबले वडा  ११, कार्यालयलाई अनुरोध गरेको थियो । तत्काल वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको थियो । यस क्रममा प्रमुख जिल्ला अधिकारीबाटै गैरजिम्मेवार जवाफ पाएको भन्दै वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले आपत्ति जनाए ।

क्लबले लेखेको पत्रमा ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रभित्र हुने कुनै पनि आन्दोलनलाई निषेध गर्दै यथाशीघ्र समस्या समाधान गर्न’ उल्लेख छ । वडाध्यक्ष बास्तोलाले मनिपाल अस्पताल यस क्षेत्रकै गहना भएको र सस्तो सर्वसुलभमा औषधोपचार हुने भएकाले सर्वसाधारणको हितका लागि पनि बन्द गर्न नहुने बताए ।

Related News

सम्बन्धित समाचार

    • आमाको स्मृतिमा बास्तोला परिवारको अक्षयकोष

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पोखरा ११, फूलबारीका रामचन्द्र बास्तोला र कृष्णप्रसाद बास्तोला (राजु) ले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले…
    • विश्व हिन्दू महासंघको पोखरामा महायज्ञ तयारी

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट…
    • पोखरामा खसी बजारमा अनुगमन

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासा आएपछि पोखरा महानगरले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा…
    • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व…
    • मेयर मानबहादुर जिसी पोखरा फर्के

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      पोखरा, २३ असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी झण्डै २ महिनाको उपचारपछि पोखरा फर्केका छन् । उनी शनिबार पोखरा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads