मुक्तिनाथ विकास बैंकसँग सहकार्य

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७५

पोखरा, ९ जेठ । मुक्तिनाथ विकास बैंकले कास्की, स्याङजा र पाल्पाका किसानलाई कृषि क्षेत्रमा लगानी विस्तारको लागि आईर्डीइ नेपालसँग सहकार्य गरेको छ।

सोसम्बन्धी सम्झौतापत्रमा बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आईडिई नेपालतर्फबाट कन्ट्री डाइरेक्टर डा लुक कोलाभिटोले दस्तखत गरेका छन् ।

सम्झौता बमोजिम संस्थाले सो क्षेत्रका किसानलाई प्राविधिक तालिम प्रदान गर्ने र मुक्तिनाथ विकास बैंकले कृषिसम्बन्धी लघु कर्जा प्रदान गर्नेछ।

यस कार्यक्रमबाट किसानको प्राविधिक ज्ञान र सीपमा अभिवृद्धि हुनुको साथै आय वृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको बैंकका प्रवक्ता एवं सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width