चितवन, ८ जेठ। गृहमन्त्री रामबहादुर थापाले नारायणगढ मुग्लिन सडक खण्ड निर्माणको प्रक्रिया छानविनको दायरामा ल्याइएको बताएका छन्।
जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलाई मंगलबार भरतपुरमा निर्देशन दिँदै थापाले समयमा काम सम्पन्न नभएकाले छानविन गर्न निर्देशन दिएको बताए।
उक्त सडक खण्डको निर्माण सम्पन्न गर्नुपर्ने समय थप गर्ने वा जरिवाना लगाएर काम गर्ने भन्ने विषयमा छानबिनपछि मात्र निर्णय गरिने उनको भनाइ छ। थापाले जिल्लामा समयमा काम नगर्ने ठेकेदारको अवस्थाबारे जिल्लास्थित सुरक्षा निकायसँग जानकारी लिएका थिए।
नारायणगढ-मुग्लिन सडक खण्ड हालसम्म ८८ प्रतिशत काम सम्पन्न भएको छ। तीन खण्डमा विभाजन गरेर ठेक्का दिइएको सो सडक खण्डका दुर्इ वटा खण्डको चौथो पटक थपिएको समय सकिएको छ भने एउटा खण्डको जेठ १६ मा सकिँंदै छ।
राजधानी काठमाडौं, पोखरा लगायत मुख्य शहरलाई तराईसँग जोड्ने प्रमुख मार्गका रुपमा रहेको उक्त सडक खण्ड निर्माण ढिलाइको चौतर्फी विरोध भइरहेका समयमा गृहमन्त्री थापाको यस्तो भनाइ आएको हो।
सो अवसरमा गृहमन्त्री थापाले जिल्लाको शान्तिसुरक्षा मजबुत राख्न निर्देशन दिए। हालै हावाहुरी र असिना पानीबाट क्षति भएको केरा, मकै, तरकारी र बर्ड्फ्ल्लुबाट पोल्ट्री क्षेत्रमा भएको प्रभावका बारेमा थापाले जानकारी लिएका थिए। गृहमन्त्री थापा विप्लव समूहले आफ्नो गतिविधि देखाइरहेको भन्दै रोक्नका लागि के कस्ता काम गरिरहेको छ भन्ने विषयमा जानकारी लिएका थिए।
चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत र प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौंरले जिल्लामा हावाहुरी र असिनाबाट भएको क्षति, बर्ड्फ्ल्लुबाट परेको प्रभाव, विप्लव निकट नेकपाको गतिविधि, आपराधिक गतिविधि, सडक सुरक्षा लगायत विषयमा जानकारी गराएका थिए।
सो अवसरमा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक सैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी, गृहप्रवक्ता रामकृष्ण सुवेदी लगायतको उपस्थिति थियो।
हेलिकप्टरमार्फत् सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदै गर्दा मौसम प्रतिकूल भएपछि गृहमन्त्री सहितको टोली चितवनमा अवतरण गरेको थियो।
Related News
सम्बन्धित समाचार
बलात्कार मुद्दाको हदम्याद हटाउने प्रधानमन्त्रीको आश्वासन
प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९