Worldlink ads

पिसजोनमा ‘महिना विद्यार्थी’ पुरस्कृत

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७५

पोखरा, ८ जेठ । पिसजोन एकेडेमीमा वैशाख महिना विद्यार्थी सार्वजनिक गर्दै नगद पुरस्कारले सम्मान गरिएको छ।

हरेक महिनामा १ जना उत्कृष्ट अनुशासित, नियमति र लगनशील विद्यार्थीलाई नगदसहित सम्मान गरिने कार्यक्रम विद्यालयले राखेको हो।

पुरस्कृत विद्यार्थीको वर्षभरि नै कक्षामा फ्लेक्स प्रिन्ट फोटो राखिने व्यवस्था गरिएको विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले जानकारी दिए।

युकेजीदेखि १० कक्षासम्म प्रत्येक कक्षाबाट हरेक महिना एक-एक जनालाई उत्कृष्ट विद्यार्थी घोषित गर्दै ५ सय र फ्लेक्स प्रिन्ट फोटो कक्षामा टाँसी विद्यार्थीलाई प्रोत्साहित गर्ने शर्माले जानकारी दिए। वैशाखमा उत्कृष्टता प्रदर्शन गर्दै सम्मानित हुनेमा युकेजीबाट सलिना गुरुङ, कक्षा १ बाट श्रीषा भट्टराई,  कक्षा २ बाट सुप्रिया पौडेल, कक्षा ३ बाट समीक्षा घले सम्मानित भए।

त्यसैगरी कक्षा ४ बाट सौगात कुँवर, कक्षा ५ बाट एञ्जल गुरुङ,  कक्षा ६ बाट ऋद्धि सुवेदी,  कक्षा ७ बाट तिसर्ना सुवेदी, कक्षा ८ बाट रविकुमार चौधरी, कक्षा ९ बार्ट इच्छा श्रेष्ठ र कक्षा १० बाट पूजा पौडेल सम्मानित   भए।

विद्यार्थीका प्रतिभा प्रस्फूटन गराउँदै उनीहरुमा रहेका अन्तरनिहीत क्षमता उजागर गर्ने सिलसिलामा फरक सोच र शैलीका साथ यो कार्यक्रम ल्याइएको विद्यालयका प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले जानकारी दिए। हरेक महिना उत्कृष्ट विद्यार्थीलाई सम्मानित गर्दै जाने विद्यालयले जनाएको छ।

Related News

सम्बन्धित समाचार

    • थमन परियार १७ औं स्मृति सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । स्वर्गीय थमन परियारको १७ औं स्मृति सभा शनिबार लेखनाथमा भएको छ । थमन परियार स्मृति प्रतिष्ठानले आयोजना गरेको…
    • लेखनाथ निर्माण व्यवसायी समितिमा प्रेम

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको अध्यक्षमा प्रेमबहादुर थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभा…
    • विश्व हिन्दु महासंघमा विवाद

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      पोखरा । विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपाल आन्तरिक विवादमा फसेको छ । विश्व हिन्दु महासंघको नाममा अर्को संस्थाले महायज्ञ…
    • आन्तरिक पर्यटकले आशा जगाएको पोखराको पर्यटन

      रासस कार्तिक ६, २०७८
      पोखरा । कोभिड–१९ कारण लामो समयदेखि सुनसान रहेको पोखराको लेकसाइडमा यतिबेला भने आन्तरिक पर्यटकले चहलपहल बढेको छ । सरकारले निषेधाज्ञा…
    • ढिकुरपोखरी समाज पोखराको सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      हेमजा । ढिकुरपोखरी समाज पोखराको १४ औं वार्षिक साधारणसभा भएको छ । शुक्रबार सभाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग