लुम्बिनी, ७ जेठ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर ४ जना बालिकाको मृत्यु भएको छ । बिहान ११:३० बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरू पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । इप्रका लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नौ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन् ।
बालिका डुबेको स्थान लुम्बिनीदेखि झण्डै चार किलोमिटर पश्चिम तथा स्थानीय गाउँदेखि एक किलोमिटर टाढा रहेको छ ।
वडा ११ का अध्यक्ष अकरामद्धिन खाँले पोखरीमा बालिका डुबेको देखेपछि स्थानीयवासी र प्रहरीलाई खबर गरेपछि प्रहरीले उनीहरूलाई पोखरीबाट निकालिएको थियो । उक्त पोखरी प्राकृतिक पोखरीका रूपमा रहेको र त्यस वरपर रहेका बालबालिका अन्य समयमा पनि नुहाउन जाने गरेको स्थानीयवासीले बताएका छन् । उनीहरूको मृत्युपछि लुम्बिनीको मसिना गाउँ शोकमा डुबेको छ । मृतक बालिकाको शव परीक्षणका लागि भैरहवा ल्याउने तयारी भएको प्रहरीले जनाएको छ । बालिकामध्ये २ जना दाजु भाइका छोरी रहेको बुझिएको छ।
यसैबीच, पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ३ मा रहेको विनयी खोलामा डुबेर १ जनाको मृत्यु भएको छ।
आइतबार साँझ विनयी त्रिवेणीमा टेक्टरमा बालुवा लोड गर्न गएका मजदूर विनयी त्रिवेणी २ सुनटाँडी निवासी १६ वर्षीय अर्जुन विकको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार टेक्टरमा बालुवा लोड गर्ने मजदूरको रुपमा काम गर्दै आएका उनी पानी पिउन गएकोमा अबेरसम्म नआएपछि खोज्दै जाँदै नदीमा मृत भेटिएको हुन्।
उनी पानी पिउनेक्रममा चिप्लिएर खोलामा खस्दा नदीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९