Worldlink ads

दिगोको नेतृत्व विकास तालिम

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७५
hemja photo

हेमजा, ७ जेठ । अन्नपूर्ण गाउँपालिका-२, ढिकुरपोखरीस्थित दिगो महिला विकास बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सञ्चालित दुर्इदिने नेतृत्व विकास अभिमुखीकरण तालिम सोमवार सम्पन्न भएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै संस्थाकी अध्यक्ष तथा गाउँपालिकाकी उपाध्यक्ष सगुन गुरुङले नेपालमा सहकारी र सामुदायिक वन सबैभन्दा सफल योजना रहेको सुनाउँदै समूहमा मिलेर काम गर्न सहभागीलाई आग्रह गरिन् ।उनले सिकेको सीप व्यवहारमा उतार्न सुझाव दिँदै पछाडि परेका महिलालाई तालिमले फाइदा दिएको बताइन् ।

सहकारी व्यवस्थापक अम्बिका कुँवरले आजका महिला आफ्नो घरको चुल्हो र चौकोमा मात्र सीमित नबसी घरबाट बाहिर निस्केर समूहमा कार्य गर्नुपर्ने औँल्याइन् ।

पत्रकार श्रीभद्र पौडेलले महिला सशक्तिकरणको पक्षलाई सिद्घान्तमा भन्दा व्यवहारमा लागू गर्न आवश्यक रहेकोमा जोड दिए।

नव सिर्द्घार्थ महिला सहकारी पोखराकी अध्यक्ष कल्पना श्रेष्ठले सहभागि महिलाहरुलाई बैंकमा नभई एउटै सहकारी संस्थाबाट मात्र कारोबार गर्न सुझाव दिइन् । उनले तालिमबाट प्राप्त सीप दैनिक जीवनमा प्रयोगमा ल्याउन आग्रह समेत गरिन् ।

सो अवसरमा सहभागीतर्फबाट कृष्णकुमारी सुवेदी, हरिमाया अधिकारी, बाटुली नेपाली र खिमा भण्डारीले आ-आफ्ना अनुभव सुनाएका थिए ।

उक्त तालिममा पोखरास्थित सिर्द्घार्थ क्लबका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बैठक बस्ने प्रणाली, माइन्युट लेखन र प्रतिवेदन लेखनका सम्बन्धमा प्रशिक्षण दिएका थिए । तालिममा सहकारीका सञ्चालक समिति, लेखा समिति, ऋण उपसमिति र सहकारीका छिमेकी वडाका प्रतिनिधिको सहभागिता रहेको थियो। सहकारी अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न समापन समारोह कोषाध्यक्ष खीमा भण्डारीले सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

    • धर्म संघ बुद्ध विहारमा चैत्य पुनर्निर्माण

      आदर्श समाज सम्वाददाता माघ १४, २०७८
      पोखरा । पोखरा–२, विन्दुवासिनीस्थित धर्म संघ बुद्ध विहारको चैत्य पुनर्निर्माण गर्न लागिएको छ । २०१३ सालमा स्थापित सो विहारको चैत्य…
    • मानशा सहकारीको कारोबार सुरु

      आदर्श समाज सम्वाददाता माघ १४, २०७८
      पोखरा । पोखरा १७, हिमाली टोलमा कार्यालय रहने गरी स्थापित मानशा बहुउद्देश्यीय सहकारी संस्थाले विहीबारदेखि कारोबार शुभारम्भ गरेको छ ।…
    • पोखरा महानगरपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगित

      रासस माघ १३, २०७८
      पोखरा । भौगोलिक रूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यक बाहेकका नियमित सेवाहरू आजदेखि स्थगित गरिएको छ…
    • निर्माणाधीन पुल चर्कियो

      आदर्श समाज सम्वाददाता माघ १३, २०७८
      गगनगौंडा । पोखरा वडा ३२ र ३३ गगनगौंडा र लामगादी जोड्ने सेती नदीमाथि निर्माणाधीन पक्की पुल चर्किएको छ । ६१…
    • टोल विकास संस्थास्तरीय वक्तृत्वकलामा पार्वती प्रथम

      आदर्श समाज सम्वाददाता माघ १३, २०७८
      पोखरा । पोखरा वडा १३ कार्यालयद्वारा आयोजित टोल विकास संस्थास्तरीय वक्तृत्वकला प्रतियोगितामा कुँडहर टोलअन्तर्गत बाल कल्याण आमा समूहकी पार्वती सिग्देल…

    hero news full width