Worldlink ads

गण्डकी विकास बैंकको धनगढी शाखा उद्घाटन 

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७५
gandaki bank

पोखरा, ७ जेठ । गण्डकी विकास बैंकले धनगढी शाखा औपचारिक उद्घाटन गरिएको छ। प्रदेश ४ का मुख्यमन्त्री त्रिलोचन भट्टले शाखा उद्घाटन गर्दै बैंकको सफलताको कामना गरे। उनले बैंकले ग्राहकलाई प्रदान गर्ने सेवा गुणस्तरीय हुनुपर्नेमा जोड दिए।

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर बडले बैंकको प्रगतिको कामना गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैकले प्रदान गर्ने सेवासुविधा,  बैंकका गतिविधि र भावी कार्यक्रमबारे जानकारी दिए।

कार्यक्रममा नवजीवन सहकारी संस्था अध्यक्ष चक्रबहादुर सिंहले पनि शुभकामना मन्तव्य दिए।

बैंक अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम बुटवल रिजनका क्षेत्रीय प्रमुख मिलनकुमार पुनले सञ्चालन गरेका थिए।बैंकले सो शाखाबाट निक्षेप संकलन,  सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै आधुुनिक बैंकिङ सेवा प्रदान गर्दैआएको छ।

गण्डकी विकास बैंकले चालु आव २०७४/७५ को तेश्रो त्रैयमासमा निक्षेप २० अर्ब ४३ करोड रुपैयाँ र कर्जातर्फ १८ अर्ब ३२ करोड रुपैयाँ पुर्‍याएको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए।

बैंकले केन्द्रीय कार्यालयसहित देशका विभिन्न ठाउँमा गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना,  सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै एबिबिएस,  एटिएम,  एसएमए,  सि-आस्वा,  आइपिएस,  मोवाइल बैकिङ सेवा,  लकर सेवा,  सुनधितोमा कर्जा सुविधा,  रेमिट्यान्स सेवा,  केन्द्रीय कार्यालय लगायत केही शाखाबाट ३६५ दिने बैकिङ सेवा तथा सन्ध्याकालीन सेवासमेत प्रदान गर्दैआएको छ। यस्तै न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समूहमा आवद्ध लघु वित्तकर्जा समेत प्रदान गर्दैआएको छ।

हाल बैकका विभिन्न ठाउँमा १८ वटा शाखा निर्माणाधीन छन्। यसै आवमै सञ्चालनमा आउने ती शाखापछि सातै प्रदेशमा गरी ७७ वटा शाखा हुने सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले जनाए।

Related News

सम्बन्धित समाचार

    • छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      रामपुर । रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले…
    • मनकामना केबुलकार सञ्चालनमा   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      मुग्लिन । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द…
    • लामो झोलुङ्गे पुलले फेरिएको अदुवाबारी   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      गलकोट । अन्नबाली हुने स्थानमा बाँदरको बिगबिगीले बाँझो बनेको अदुवाबारी अहिले पर्यटकीय केन्द्र बनेको छ । केही वर्षअगाडिसम्म पर्वतको कुश्मा…
    • तनहुँ जलविद्युत् आयोजनाको काममा तिव्रता   

      आदर्श समाज सम्वाददाता असाेज २९, २०७८
      दमौली ।  एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैंमा पनि कामलाई निरन्तरता दिएको छ । आयोजनाको तीन वटै…
    • ‘सामूहिक लगानीमा व्यवसाय गर्नुस्’

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । दसैं र तिहारको उपलक्ष्यमा पोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा पोखरा चेम्बरअन्तर्गत…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads