सृष्टि यातायातको पोखरा-दिल्ली बस सेवा

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७५
Shristi Bus Sewa

पोखरा, ५ जेठ। सृष्टि यातायात प्रालिले पोखरा-दिल्ली बस सेवा सञ्चालनमा ल्याउन लागेको छ। आइतबारदेखि जिरो किमीबाट दिल्लीको कास्मिरी गेट, मेट्रो स्टेशन १ नम्बर गेटसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याउन लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

हाल दिल्लीलाई मात्र केन्द्रित गरेर बस सेवा सञ्चालन गर्न लागेको प्रालिका प्रबन्ध निर्देशक कृष्णप्रसाद पौडेलले बताए। पौडेलका अनुसार शुरुमा हप्ताको तीन पटक पोखरा र दिल्लीबाट २ वटा बसले सेवा दिनेछ। आइतबार, बुधबार र शुक्रबारमात्रै दिल्ली र पोखराबाट बस छुट्ने पौडेलले बताए। पोखराबाट साढे ११ बजे र दिल्लीबाट दिउँसो ३ बजे बस छुट्नेछ।

डिल्क्स मापदण्ड अनुसार निर्मित बसको ३१ सिट क्षमता रहेको जनाइएको छ । शुरुमा ननएसी बस सेवा सञ्चालन गर्न लागेको अध्यक्ष पौडेलले जानकारी दिए। नन एसी बसको पोखरा-दिल्लीको भाडा २ हजार ८ सय रुपैयाँ रहेको पौडेलले बताए। आफ्नो मात्रै एकल लगानी रहेको २ बसका लागि ३ करोड लगानी गरेको प्रवन्ध निर्देशक पौडेलले बताए ।

नेपाल सरकारको पञ्जीकृत कानून अनुसार कम्पनी सञ्चालनमा ल्याएको पौडेलले जनाए। पृथ्वी राजमार्गअन्तर्गतमात्रै आफ्ना करिव १ दर्जन बस रहेको  र उक्त बसलाई पञ्जीकृत कानून अनुसार क्रमशः कम्पनीमा ल्याउने पौडेलले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width