प्रहरी निरीक्षक घिमिरेको स्वागत

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७५
dsp sushil ghimire

लेखनाथ, ५ जेठ। वडा प्रहरी कार्यालय, पावरहाउका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुशील घिमिरेलाई स्थानीयवासीले स्वागत गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक घिमिरेले शान्तिसुरक्षा कायम राख्न सुरक्षा निकाय सदैव स्थानीयवासीको साथमा रहेको बताए । उनले यस क्षेत्रका जनताको सहयोग र साथ पाएमा अझ सशक्तरुपमा आफू लाग्ने विचार व्यक्त गरे ।

प्रहरी सेवामा २० वर्ष लामो सेवा गरेका प्रहरी निरीक्षक घिमिरे लमजुङ श्रीभञ्ज्याङ दोर्र्दीका हुन् । यसअघि उनी जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत थिए ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की र वडा प्रहरी कार्यालय भवन निर्माण समिति अध्यक्ष मीनबहादुर केसी लगायत स्थानीयवासीले निरीक्षक घिमिरेको सफल कार्यकालको शुभकामना दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width