Worldlink ads

गुणस्तरीय कस्मेटिक बिक्री गर : मन्त्री बस्नेत

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७५
Cosmetic Sangh

पोखरा, ५ जेठ। कस्मेटिक व्यवसायी संघ कास्कीको शनिबार चौथो वाषिर्क साधारण सभा सम्पन्न भएको छ।

कार्यक्रममा हालसम्म संघलाई उत्कृष्ट योगदान गरेवापत प्रथम उपाध्यक्ष उमापति ढकाललाई कदरपत्रद्वारा सम्मान गरियो ।

त्यसैगरी, उत्कृष्ट अंक ल्याएर गत वर्षको एसर्इइ परीक्षा उत्तीर्ण सदस्यका छोराछोरीमध्ये अनम भण्डारी र उषा ढकाललाई संघले सम्मान गरेको छ ।

भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले साधारणसभा उद्घाटन गर्दै कस्मेटिक व्यवसायीलाई गुणस्तरीय कस्मेटिक वस्तु बिक्री गर्न आग्रह गरे। मन्त्री बस्नेतले मुलुकले लिएको समृद्धिको यात्रामा व्यवसायीलाई लामबद्ध हुन आग्रह गरे।

कार्यक्रममा  संघका संस्थापक अध्यक्ष विष्णुप्रसाद बास्तोला, ब्युटी पार्लर एशोसिएसन सल्लाहकार चीनु गुरुङ, पोखरा उद्योग वाणिज्य संघ सदस्य देवबहादुर भुजेल, नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति अध्यक्ष यामनाथ पौडेल र बुद्ध विशाल बजार एशोसिएसनका अध्यक्ष केशवबहादुर खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा संघका महासचिव प्रेमप्रसाद सुवेदीले महासचिवको २०७३/०७४ को वाषिर्क प्रतिवेदन प्रस्तुत गरेका थिए।

संघका अध्यक्ष जगदीशप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष उमापति ढकालले स्वागत र महासचिव प्रेमप्रसाद सुवेदीले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • विजेतालाई उपविजेताको सम्मान !

      रामशरण नेपाली असाेज ९, २०७८
      लेखनाथ । चुनावमा पराजित भएसँगै संस्थालाई फर्केर नहेर्ने कतिपय उम्मेदवारको प्रवृत्ति हुन्छ । तर लेखनाथ उद्योग वाणिज्य संघको इतिहासमै नयाँ अभ्यास…
    • ३ खर्बको आयात हुँदा ४४ अर्बको निर्यात

      रासस असाेज ८, २०७८
      काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव…
    • न्यादी हाइड्रोपावरको आइपिओ आउँदै

      रासस असाेज ८, २०७८
      काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले…
    • सुनको मूल्य घट्यो

      रासस असाेज ७, २०७८
      काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य रु पाँच सयले घटेको छ । बुधबार रु ९० हजार ९०० मा कारोबार…
    • सिटिजन्स बैंक र बन्दीपुर माउन्टेन रिसोर्र्टबीच सम्झौता

      आदर्श समाज सम्वाददाता असाेज ७, २०७८
      पोखरा । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात सिटिजन्स…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads