रोटरी अन्नपूर्णद्वारा विद्यालयलाई सहयोग

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७५
rotary annpurna

पोखरा, ५ जेठ । रोटरी क्लब अफ पोखरा अन्नपूर्णले एक विद्यालयका १ सय १६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै २० जना छात्रछात्रालाई छात्रवृत्ति समेत वितरण गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा २२, कालावाङस्थित भगवती निमाविका विद्यार्थीलाईलाई शैक्षिक सामग्री र छात्रवृत्ति वितरण गरिएको क्लब अध्यक्ष बाबुराम बरालले जानकारी दिए । सहयोग सामग्री क्लब अध्यक्ष बराल, क्वालिटी लाइफ अफ नेपालका अध्यक्ष रामचन्द्र शर्मा, क्लबका पूर्व अध्यक्षहरु माधवप्रसाद सिग्देल, कृष्णमान गुभाजु र तेजनाथ न्यौपानेले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा क्वालिटी लाइफ अफ नेपालका अध्यक्ष रामचन्द्र शर्मा, विद्यालय प्रधानाध्यापक डिलकुमारी गुरुङ, विद्यालय व्यवस्थान समिति अध्यक्ष प्रकाशचन्द्र गुरुङ र क्लब अध्यक्ष बरालले मन्तव्य राखेका थिए । वितरित शैक्षिक सामग्रीका लागि क्वालिटी लाइफ अफ नेपालले आर्थिक सहयोग उपलव्ध गराएको थियो। सो वितरणपछि क्लब टोलीले कालावाङ घरेडीमा होम स्टे कार्यक्रम गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width