वेगनासताल सरसफाइ जारी

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७५

लेखनाथ, ५ जेठ। वेगनास ताल वरपर आन्तरिक एवं वाहृय पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित वेगनासताल सरसफाइ अभियानमा ग्लोवल आइर्एमई बैंकले सहयोग गरेको छ।

वडा ३१ वेगनासमा रहेको वेगनास युवा क्लबको आयोजनामा जारी बृहत् वेगनासताल सरसफाइको १३ औं श्रृंखलासम्म आईपुग्दा सहयोग गर्ने संघसंस्थाहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।

प्रत्येक शनिबार हुँदै आएको अभियानअन्तर्गत यसपालि बैंकको वेगनास शाखाको सहयोग र स्थानीय आमा समूह तथा टोल विकास संस्थाको सहकार्यमा बेगनासताल बसपार्क, नहर चोकहुँदै ताल किनारसम्म सरसफाइ गरिएको क्लब अध्यक्ष रामबहादुर रानाभाटले जानकारी दिए। कार्यक्रम वडाध्यक्ष कमलबहादुर थापा र  बैंक वेगनास शाखा प्रमुख सुरेस ओलीले संयुक्त रुपमा शुभारम्भ गर्दै आफ्नो घरटोलको सरसफाइमा स्वयं स्थानीयवासी नै सक्रियताका साथ लाग्नुपर्ने सुझाव दिएका थिए।

यसैबीच, वडा ३० मा फोहर मैला ब्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ।

वडाका टोल विकास संस्था, आमा समूह, युवा क्लब तथा सामाजिक संघसंस्थाको सहभागिता रहेको कार्यक्रममा वडाध्यक्ष श्रीराम पोखरेलले वडावासीको साथ र सहयोगले वडालाई स्वच्छ र सफा राख्न सकिने बताए ।

कार्यक्रममा वडा सदस्य सोमलाल कँडेल, वडा सचिव दीपक कोइराला, सामुदायिक सेवा केन्द्र लेखनाथका सचिव त्रिलोचन लामिछाने, सहयोगी संस्था जस्र्र्टइन टाइम कन्ट्रक्सन प्रालिका प्रतिनिधि सञ्जु गुरुङ लगायतले फोहर वर्गीकरण गरी टोललाई कसरी सफा राख्न सकिन्छ भन्नेबारेमा बवैजना चिन्तनशील हुन आग्रह गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width