Worldlink ads

ढुंगेसाँघुमा बृहत् सफाइ अभियान

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७५
cleaning

पोखरा, ५ जेठ । पोखराको ढुंगेसाँघुदेखि सीतापाइलासम्मको सडक क्षेत्रमा शनिबार बृहत् सरसफाइ कार्यक्रम भएको छ ।

पोखरामा जारी बृहत् सफाइ अभियानअन्तर्गत १०३ हप्ताको अभियानमा सो क्षेत्रमा भएको कार्यक्रममा झण्डै ६ टन फोहरमैला संकलन गरिएको अभियन्ता राजकुमारी थापाले बताइन् ।

कायृक्रममा प्रदेश ४ प्रहरी गण कार्यालयका नव आगन्तुक गणपति लालमणि आचार्यलाई अभियानका तर्फबाट वडा अध्यक्षहरु रामचन्द्र बराल, प्रकाश पौडेल, अभियन्ता शशी तुलाचन एवं राष्ट्रिय परोपकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष पण्डित कमलनयन गौतमले अबिरमालाद्वारा कार्यकालको पूर्ण सफलताको कामनासहित स्वागत गरेका थिए ।

यसैबीच, सफाइ अभियानका संयोजक रामबहादुर पौडेलले वडा १५ र १७ का वडा अध्यक्षहरु प्रकाश पौडेल र तीर्थराज अधिकारीलाई ‘नेपालकै दुर्लभ प्राकृतिक सम्पदाका रुपमा रहेको ढुंगेसाँघुलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै त्यसको उचित व्यवस्थापन र प्रचारप्रसारसँगै यस क्षेत्रको नियमित सरसफाइमा जुट्नेछु । साथै सामाजिक न्यायका आधारमा वडावासी नागरिकको सवोपरी हितमा लाग्नेछु । सेतीनदीको मापदण्डविपरीत निर्माण गरिएका संरचना यथाशीघ्र हटाउनेछु । विकासका बहानामा ऐतिहासिक चौतारी नष्ट गर्ने छैन’ भन्ने व्यहोराको प्रतिबद्धता वाचन सहित हस्ताक्षर गराएका थिए ।

यसपटकको सफाइ अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, परोपकार महासंघ बैदिक गुरुकुल विद्यालय, जानकी आधारभूत विद्यालय ढुंगेसाँघु बोर्र्डिङ स्कुल, सृजना बालगृह, अभियान क्लब महिला समूह, माछापुच्छे्र महिला क्लब, घारीपाटन आमा समूह, मितेरी नारी समूह, ड्यामसाइड टोल विकास संस्था, ढुंगेसाँघु सहकारी, समृद्धि महिला समूह (लुमन्ति-सीतापाइला), जागरण आमा समूह, समावेशी आमा समूह, नौलो घुम्ती नेपाल, सामाजिक अभियन्ताहरु लगायत स्थानीय संघसंस्था र वडाबासीहरुको उल्लेखनीय उपस्थिति रहेको अभियन्ता लोकदर्शन कोइरालाले जानकारी दिए ।

सफाइ अभियानका लागि मेरी प्रजनन् केन्द्र नागढुंगाले ५ प्याकेट डिस्पोजल ग्लोब र राष्ट्रिय परोपकार महासंघ नेपालका तर्फबाट पिउनेपानी उपलब्ध गराइसकेको थियो । कार्यक्रममा वडा अध्यक्ष तीर्थराज अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • त्रिशूलीमा कार खस्दा पोखराका ३ जना बेपत्ता

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा, ८ असोज । त्रिशूली नदीमा कार खस्दा पोखराका ३ जना बेपत्ता भएका छन् । काठमाडौंबाट पोखरा आउँदै गरेको कार…
    • कांग्रेस जिल्ला उपसभापतिमा ढुंगानाकाे उम्मेदवारी

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      लेखनाथ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कास्की जिल्लाको उपसभापतिमा पोखरा–३१ का कृष्णप्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । वेगनासतालमा…
    • शुभ अवसर ग्रामको तालिम सम्पन्न

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा । शुभ अवसर ग्राम नेपालको आयोजनामा उद्यमशीलता विकास तथा व्यवसाय व्यवस्थापन तालिम सम्पन्न भएको छ । ४ दिनसम्म चलेको…
    • उत्तरदायी पत्रकारितामा जोड

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा  । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र कास्की शाखाको संयुक्त आयोजनामा उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा…
    • बिरौटा सहकारीको रक्तदान

      आदर्श समाज सम्वाददाता असाेज ७, २०७८
      पोखरा । बिरौटा बचत तथा ऋण सहकारीले १२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदानमा ३३ युनिट रगत संकलन भएको छ…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads