कञ्जनजंघामा पत्रकारिता समूह

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७५

पोखरा, ५ जेठ । पोखरा महानगरपालिका वडा ३०, शिशुवास्थित कञ्चनजंघा एकेडेमिक सेन्टरमा पत्रकारिता समूह गठन भएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्रराज अधिकारीको आतिथ्यता तथा प्रिन्सिपल सन्दीप अधिकारीको सहजीकरणमा भएको विद्यार्थी भेलाले पत्रकारिता समूह गठन गरेको हो।

समूहको अध्यक्षमा सञ्जिता नेपाली, उपाध्यक्षमा सुदीप ओझा, सचिवमा विपासा पौडेल, सहसचिवमा सर्वज्ञा पोखरेल, कोषाध्यक्षमा मन्टिसा कार्की रहका छन्।

सदस्य रञ्जन पौडेल, अभिशेक लामिछाने, आविष्कार न्यौपाने, सुशान न्यौपाने, श्रेया श्रेष्ठ  र आशिका पौडेल रहेका छन्। समूहको सहजीकरण रिपोर्टिङ, प्रुफ रिडिङ, सम्पादन तथा पेज सेटिङको अनुभव सँगालेका शिक्षक सुनील सापकोटा तथा पूजा गुरुङले गर्नेछन्। समूहले मासिक भित्तेपत्रिका तथा अर्धवाषिर्क रुपमा कञ्जनजंगा बुलेटिन प्रकाशन गर्ने प्रिन्सिपल सन्दीप अधिकारीले जानकारी दिए।

भेलाले वातावरण समूह तथा खेलकूद समूह समेत गठन गरेको छ। वातावरण समूहको अध्यक्षमा प्रतीक्षा पोखरेल, उपाध्यक्षमा  सजिना परियार, सचिवमा अनिशा गुरुङ, सहसचिवमा समीर तिमिल्सिना, कोषाध्यक्षमा  सुदीप तिवारी रहेका छन्। समूहका सदस्यमा दिक्षा गुरुङ, पार्वती गिरी, अमृता तज्या, बासना कुमाल, विशाल लामिछाने, स्वेता सुवेदी, सुस्मिता गिरी, विवेक विक रहेका छन्। समूहको सहजीकरण शिक्षक दिपक तिमिल्सिना र दीक्षा सुवेदीले गर्नेछन्।

खेलकूद समूहको अध्यक्षमा गगन गुरुङ, उपाध्यक्षमा  मित्रता सुवेदी, सचिवमा सन्देश भट्टराई, सहसचिवमा रुपेश भट्टराई, कोषाध्यक्ष अनुज लामा  रहेका छन्। सदस्य विवेक विक, कृष्ण विक, रविन सुवेदी, यमुना गुरुङ, आशिष विक, सुदांशु तामाङ रहेका छन्। समूहको सहजीकरण शिक्षक विकल परियार तथा कल्याण पौडेलल गर्ने प्रिन्सिपल अधिकारीले बताए।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width