दाङमा स्वतन्त्र पत्रकार संघ, अध्यक्षमा पोखरेल

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७५

लमजुङ, ३ जेठ। दाङमा स्वतन्त्र पत्रकार संघ नेपालको नयाँ शाखा गठन भएको छ।

जिल्लाका क्रियाशील स्वतन्त्र पत्रकारको घोराहीमा भएकोे भेलाले साक्षी खबर साप्ताहिकका सम्पादक सुनिलकुमार पोखरेलको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति गठन गरेको हो।

समिति उपाध्यक्षमा भुवन गौतम, सचिवमा जितसागर जीएम, कोषाध्यक्षमा अनिलकुमार शर्मा र सहसचिवमा सुशीला वली रहेका छन्। यसैगरी, सदस्यमा बंशीकुमार शर्मा, समीक्षा गाह रहेका छन्।

समिति गठनपछि नवनिर्वाचित अध्यक्ष पोखरेलले क्रियाशील पत्रकारको पेशागत तथा व्यक्तिगत सुरक्षाका साथै क्षमता र स्वाभिमान बढाउने कार्यमा स्वतन्त्र पत्रकार संघ नेपालले महत्वपूर्ण भूमिका खेल्ने बताए। सो भेलाले स्वतन्त्र पत्रकार संघको प्रदेशस्तरीय अधिवेशनका लागि दाङबाट सहभागी हुने निर्णय गरेको नवनिर्वाचित सचिव जितसागर जीएमले बताएका छन् ।

संघका महासचिव नवराज पहाडीको समन्वयमा आयोजना गरिएको भेलाको सहजीकरण सदस्य बंशीकुमार शर्माले गरेका थिए।

दाङ स्वतन्त्र पत्रकार संघको १५ औं जिल्ला शाखा हो । यसअघि कास्की, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, चितवन, नवलपरासी, रुपन्देही, अर्घखाँची, पाल्पा, मकवानपुर, बाँके र काठमाडौंमा शाखा गठन भइसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width