पोखरा ३ जेठ । पोखरा थियटरमा बिहीबारदेखि ‘बितेका कुरा’ मञ्चन शुरु भएको छ।
नाटकमा मानिसको विगत र वर्तमानबीचको सम्बन्ध चित्रण गरिएको छ। कक्षा ११ को ऐच्छिक नेपाली पाठ्यक्रममा समेत समेटिएको सो नाटकले दर्शकलाई घरी हसाँउछ, घरी गम्भीर बनाउछ।
समाजमा घट्ने घटनालाई यथार्थचित्रण गरिएको यो नाटक सन्देशमूलक रहेको पोखरा थिएटरका अध्यक्ष समेत रहेका निर्देशक परिवर्तन कार्कीले जनाए ।
मञ्चन समारोहमा पुगेका संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, कवि तीर्थ श्रेष्ठ लगायतले नाटक हेरिसकेपछि प्रतिक्रिया दिँदै नाटकले दर्शक साथ पाउने विश्वास व्यक्त गरे। नाटक मार्फत दर्शकको ध्यान खिच्न कलाकारले गरेको मेहनतको उनीहरुले तारिफ गरे।
नाटकलाई उत्कृष्ट बनाउन पुराना रंगकर्मी प्रकट पंगेनी शिवदेखि दिलप्रसाद गुरुङ, ध्रुव पौडेल, वविता मल्ल ठकुरी, प्रसुना भण्डारी, सम्झना सिर्पाली, शरद भण्डारी, सूर्य सुवेदी, रोशन ज्ञवाली, सौरभ तिम्सिना, स्रि्रन पौडेलको अभिनय गरेका छन् । एक घण्टा लामो सो नाटक जेठ १९ गतेसम्म मञ्चन हुनेछ।
सोमबार बाहेक हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुनेछ। शनिबार दिउँसो १ बजे अतिरिक्त सो समेत हुनेछ।
रुपनारायण सिंहले लेखेको सो नाटक निर्देशन गर्दै परिवर्तनले निर्देशनमा डेब्यु गरेका हुन्। नाटकको परिकल्पना समेत उनैले गरेका हुन्। नाटक हेर्न सर्वसाधारणका लागि ३ सय तथा ५ सय रुपैयाँको टिकट काट्नुपर्ने हुन्छ। विद्यार्थीलाई मात्र १ सय रुपैयाँको टिकट लाग्नेछ।
नाटकघर सञ्चालनमा आएपछि नेपालका विभिन्न ठाउँका १४ वटा नाटक मञ्चन यहाँ भैसकेका छन्। बितेका कुरा पोखरा थिएटरमा मञ्चन हुने १५ औं नाटक हो ।
यसअघि पोखरा थिएटरको पहिलो प्रस्तुतिको रुपमा ‘सिरुमारानी’ मञ्चन भएको थियो। पहिलो दिनमा नाटक हेर्न पुगेका दर्शकले सकारात्मक प्रतिक्रियाले थिएटर टिम उत्साहित छ।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९