Worldlink ads

सडक बालबालिका आधारित वृत्तचित्र ‘प्रयास’

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७५
film prayas

पोखरा, ३ जेठ । सामाजिक वृत्तचित्र ‘प्रयास’ यही जेठ ५ गते प्रिमियर सो हुने भएकोे छ।

सामाजिक परिवेशमा सडकका बालबालिकाको विषय समेटिएर निर्माण गरिएको वृत्तचित्र ‘प्रयास’ शनिबार प्रिमियर शो हुने भएको छ ।

मोइन मिडिया प्रालिले बालबालिका तथा युवालाई कुलतमा फस्नबाट निरुत्साहित गर्दै वर्तमान समयमा बालबालिकाले चाहेर बाल विवाह गर्न नहुने सन्देश प्रवाह गर्न वृत्तचित्र निर्माण गरेको प्रालि अध्यक्ष जैनव खातुनले बताइन्। उनले भनिन्, ‘यस वृतचित्रले पोखरामा रहेका सडक बालबालिकाको अवस्था अध्ययन गरी ती बालबालिकाको अवस्था यथार्थ चित्रण गरी बालबालिका साथै युवाद्वारा नाटकीय रुपमा प्रस्तुत गरेको छ।’

वृत्तचित्र स्वदेश तथा विदेशमा समेत प्रदर्शन गरी बचत भएको करिब २५ प्रतिशत रकम बालबालिकाको क्षेत्रमा खर्चिने उनले बताइन् ।

लामो समयदेखि मुस्कान क्लब मार्फत सडक बालबालिकाका विषयमा आवाज उठाउँदै आएकी खातुनको पहिलो प्रयासमा वृत्तचित्र निर्माण हो। वृतचित्र जेठ २५ मा पोखराको हलमा प्रदर्शन समेत हुने उनले बताइन् ।

वृतचित्रमा डा मिलन गौतम, दीननाथ बराल, रमेश तिमिल्सिना, प्रसुना भण्डारी, अनिश नेपाली, रेश्म विक, समीर रामदम, किरन बानियाँ, परिना केसी, अनुपप्रकाश पौडेल, कृष्ण रानाभाट, माधव पनेरु, शिलास केसी, घनश्याम पाण्डे, सुरेशराज अधिकारी, प्रकाश अधिकारी, शिवहरि देवकोटाले अभिनय गरेका छन् ।

बालकलाकारमा मुवाज आलाम, प्राप्ति सम्साल, सन्देश विक, सम्बोधन कुँवस, सक्सेस कुँवर, प्रयका सिलवाल, सुजल सेडाइ लगायत रहेका छन्। शव्द संकलक तथा गीतकार जसबहादुर गुरुङ, गायिका पूजा गुरुङको समेत प्रस्तुति छ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सामाजिक परिवेशमा निर्माण भएको उक्त वृत्तचित्रले समाजमा सन्देश दिन सक्ने बताए।

वृत्तचित्रमा कलाकार समेत रहेका पत्रकार दीननाथ बरालले सडक बालबालिकालाई अवसर दिन सके उनीहरु समाजमा केही गर्न सक्ने बताए ।

नवप्रभात माविका पूर्व विद्यार्थी मञ्चका उपाध्यक्ष दीपेन्द्र मसारीले वृत्तचित्रको सफलताको कामना सहित नगद हस्तान्तरण गरेका छन्। एजेन्सी

Related News

सम्बन्धित समाचार

    • ६ सयमै पोखरा घुम्न पाइने

      Suraj Hazare Dahal भाद्र ३१, २०७८
      पोखरा । छोटो अवधिमै पोखरा घुम्न चाहनेलाई कम शुल्कमै बस सेवा सञ्चालन हुँदैछ । कोरोना संक्रमण घटेसँगै पर्यटकीय नगरी पोखरा…
    • बगैंचा टोल विकासमा मीना

      आदर्श समाज संवाददाता भाद्र ३०, २०७८
      पोखरा । बगैंचा टोल विकास संस्था पोखरा ६, बैदामको अध्यक्षमा पुन मीना ढकाल चयन भएकी छन् । संस्थाको बुधबार सम्पन्न…
    • भवानी आमा समूहमा समीक्षा

      आदर्श समाज संवाददाता भाद्र ३०, २०७८
      पोखरा । पोखरा ८ कुँवरटोलस्थित भवानी आमा समूहको दशौं साधारणसभा तथा छैटौं अधिवेशन बुधबार भएको छ । पोखरा ८ का…
    • कास्कीमा निषेधाज्ञा हट्यो, रात्रिकालीन व्यवसाय र पठनपाठन खुल्यो

      आदर्श समाज सम्वाददाता भाद्र ३०, २०७८
      पोखरा, ३० भदौ । कास्कीमा साढे ४ महिनादेखिको निषेधाज्ञा असोज १ देखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले…
    • मृत्यु जितेकी मनमाया

      सुनील सापकोटा भाद्र ३०, २०७८
      पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट बिरामी डिस्चार्ज तयारी भइरहेको थियो । डिस्चार्ज गर्दा अस्पतालका प्रमुखहरुको उपस्थिति आवश्यक हुँदैन, न त…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads