माछापुच्छे्र फाइनलमा

Avatar एजेन्सी
जेठ ३, २०७५

पोखरा, २ जेठ । माछापुच्छ्रे क्रिकेट क्लब कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित क्लबस्तरीय राउण्डरोविन क्रिकेट लिगको फाइनल पुगेको छ।

लिगको चौथो खेल खेल्दै माछापुच्छ्रेले पोखरा क्रिकेट एकेडेमीलाई पराजित गरी फाइनल पुगेको हेा। पोखरा रंगशालामा बुधबार भएको खेलमा उसले ९५ रनले पराजित गरेको हो।

ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजनमा भएको सो प्रतियोगितामा टस जितेर व्याटिङमा उत्रिएको माछापुच्छ्रेलाई ४० ओभरको खेलमा ३४.२ ओभरमा अलआउट हुँदै १५८ रनको स्कोर बनायो। ओपनर दीपेश खत्रीले ३४ रनको इनिङ खेले। मनोज कोइरालाले ३३ र अमृत गुरुङले ३२ बनाए। अन्य व्याट्सम्यानलाई सस्तैमा आउट गरे। एकेडेमीका कप्तान ऋषिकेश शर्माले ५ विकेट लिए। प्रेम गुरुङले ३ विकेट लिन सफल भए।

१ सय ५९ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट एकेडेमीलेर्र् इशान श्रेष्ठको सर्वाधिक ११ रनको योगदानमा ६३ रनमा समेटियो। रोशन न्यौपानेले ९ र प्रेम गुरुङले ८ रन मात्रै जोडे। यद्यपि एकेडेमीले ३०.२ ओभरसम्म टिक्दै खेले। माछापुच्छ्रेका कृष्ण बास्तोलाले ५ ओभरमा १३ रन दिँदै ४ विकेट लिए। अनुप श्रेष्ठले पनि ४ ओभरमा ६ रन दिँदै २ विकेट लिन सफल भए। बास्तोला म्यान अफ दि म्याच घोषित भए। उनलाई सेवा हस्िपटल प्रालि पोखराका प्रबन्ध निर्देशक डा पदमबहादुर खड्काले ट्रफी हस्तान्तरण गरे। पोखरा क्रिकेट क्लब र अरण्यज्योति क्रिकेट क्लबबीच बिहीबार प्रतियोगिता हुनेछ। पोखरा क्रिकेट क्लबले जित निकालेको अवस्थामा फाइनल सुरक्षित गर्ने छ। यदि अरण्यज्योतिले जित निकाले ४ अंक हुनेछ। र सांग्रिला क्रिकेट क्लबसँग रनरेटको आधारमा फाईनल सुरक्षित गर्ने प्रतियोगिताका संयोजक ओमप्रकाश श्रेष्ठले बताए।

प्रतिक्रिया

Comments on माछापुच्छे्र फाइनलमा

अन्य समाचार

पारस र शोभा उत्कृष्ट खेलाडी

पोखरा, ३ जेठ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र व्याडमिन्टनकी शोभा गौचन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)-२०७४ को स्पोर्टस् अवार्डमा यस वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी घोषित भएका छन् । काठमाडौंको आर्मी अफिसस क्लबमा बिहीबार आयोजित पल्सर स्पोर्टस अवार्डको १५औँ संस्करणको सम्मान वितरण कार्यक्रममा पारस र शोभाले उत्कृष्ट पुरुष र महिला खेलाडीको अवार्ड हात पारेका हुन् । पुरुषतपm फुटबलका रोहित चन्द, व्याडमिन्टका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ, क्रिकेटका सन्दीप लामिछाने र गल्फका टंकबहादुर कार्कीलाई पछि पार्दै पारसले बाजी मारेका हुन् । उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परेका धनुकाँडकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठलाई गौचनले पछि…

पोखरा स्पोर्टस अवार्ड मनोनयन सार्वजनिक

पोखरा, १ जेठ  ।  'तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस अवार्ड-२०७४' को मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आगामी जेठ १८ मा पोखरा सभागृहमा आयोजना गर्ने उक्त समारोहमा प्राडा वीरेन्द्रसिंह गुरुङ लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनेछन् । मञ्चले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी दिएको जानकारी अनुसार विभिन्न विधामध्ये वर्ष उत्कृष्ट खेल संघमा कास्की जिल्ला ब्याण्डमिन्टन संघलाई सम्मान गरिनेछ ।  यस्तै, वर्ष उत्कृष्ट खेलाडी (पुरुष) विधामा कमलबहादुर भण्डारी (शारीरिक सुगठन), करण केसी (क्रिकेट), तिल पुनमगर (आर्चरी) मनेानयनमा परेका छन् । वर्ष उत्कृष्ट…