सैंतिघट्टमा उद्घोषक तालिम

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७५
training

हेमजा, २ जेठ। माछापुच्छ्रे गाउँपालिका-९, सैंतिघट्टमा सञ्चालित तीनदिने उद्घोषक, व्यक्तित्व विकास तथा महिला सशक्तिकरण तालिम मंगलबार सम्पन्न भएको छ।

माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोग तथा वडा कार्यालयको व्यवस्थापन साथै स्थानीय महिला संजालको आयोजनामा सो तालिम भएको हो। तालिममा सञ्चारकर्मी परशुराम अधिकारीले सहजिकरण गरेका थिए।प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकी उपाध्यक्ष कृष्णकुमारी दवाडीले संविधानमा महिलाका हक सुनिश्चित भए पनि ग्रामीण स्तरसम्म सोबारे जानकारी नपुगेको बताइन्।

वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले सिकेका कुरा अरुलाई पनि सिकाउन सकियो भने यस्ता कार्यक्रमले सार्थकता पाउने जनाए।

तालिममा सहजिकरण गर्दै सञ्चारकर्मी अधिकारीले सिकाएका कुरा आÇनो समूहमा लगेर सबै साथीहरुलाई सिकाउन अनुरोध गरे।

सो अवसरमा गाउँ कार्यपालिका सदस्य मधुमाला तामाङ, वडा सदस्य सुनिता परियार, वडा सचिव दुर्गाप्रसाद दाहाल लगायतले भनाइ राखेका थिए।

महिला सञ्जाल सैतिघट्टका अध्यक्ष गीता गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष रत्नाकुमारी तामाङले स्वागत र  सचिव श्रीकुमारी तामाङले सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width