मुक्तिनाथमा पोखरेलको पदस्थापन

आदर्श समाज सम्वाददाता
जेठ २, २०७५

पोखरा, १ जेठ । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत -सिइओ) मा नियुक्त प्रद्युमन पोखरेलको पदस्थापन भएको छ । बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पोखरेललाई बैंकल सञ्चालक समितिले यसअघि सिइओमा नियुक्ति गर्ने निर्ण गरेको थियो । बैंकि· क्षेत्रमा करिब २८ वर्ष लामो अनुभव संगालेका पोखरेलले संस्थापक प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पदभार ग्रहण गरेका हुन् ।

सञ्चालक समिति अध्यक्ष खिमप्रकाश मल्लले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पद तथा गोपनियताको शपथ ग्रहण गराए ।वाणिज्य शास्त्रमा स्नातकोत्तर पोखरेलले नबिल बैंकबाट आफ्नो बैंकि· सेवा शुरु गरी करिब १९ वर्ष उक्त बैकको विभिन्न विभागहरुको जिम्मेवारी वहन गरेका थिए ।पछि उनी ६ वर्ष मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकको रुपमा कार्यरत रही २०७३ मंसिर १९ गतेदेखि मुक्तिनाथ बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए। बैंकले नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको पदस्थापन कार्यक्रमको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पतालको सरसफाइको लागि १ लाख आर्थिक सहयोग गरेको छ।  उक्त सहयोग रकम धुर्मुस सुन्तली फाउन्डेशन मार्फत फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुश) लाई बैंकका सञ्चालक समितिका अध्यक्ष मल्लले प्रदान गरेको बैंकका प्रवक्ता/ सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width