Worldlink ads

मध्यविन्दु नगरपालिकाको नगर सभा

झण्डै ५० करोडको संशोधित बजेट

आदर्श समाज सम्वाददाता
जेठ २, २०७५

नवलपुर, १ जेठ । नवलपरासी बर्दघाट सुस्ता पूर्वको मध्यविन्दु नगरपालिकाको दोस्रो नगर सभा ९ वटा विधेयक पारित गर्दै सकिएको छ।

नगरप्रमुख चन्द्रबहादुर रानाको अध्यक्षतामा भएको नगर सभामा नगरप्रमुख रानाले पेश गरेको ती विधेयक पास भएको मध्यविन्दु नगरपालिकाका विकाश रानाले बताए। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार एक आर्थिक वर्षमा २ वटा नगरसभा गर्न पाइने प्रावधान अनुसार मध्यविन्दु नगरपालिकाले आज दोस्रो नगरसभा गरेको हो।

नगर सभाले नगर सभा सञ्चालन कार्यविधि २०७५, आर्थिक ऐन २०७४ लाई संशोधन गर्न बनेको आर्थिक (संशोधन) विधेयक २०७५, विनियोजन ऐन २०७४ लाई संशोधन गर्न बनेको विनियोजन -संशोधन) विधयक २०७५, प्रशासकीय कार्यविधि (नियमित गर्ने) विधेयक २०७५ पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेर्ढाईले बताए।

त्यस्तैगरी मध्यविन्दु नगरपालिकाको दोस्रो नगरसभाले सहकारी विधेयक २०७५, नगरपालिकाको स्थानीय कृषि व्यवस्थापन प्रबर्द्धन विधेयक २०७५, आर्थिक कार्यविधि -नियमित तथा व्यवस्थित गर्न बनेको) विधेयक २०७५, न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिको सम्बन्धमा विधेयक २०७५ र आर्थिक वर्ष २०७४/२०७५ को -आय र व्ययको अनुमान) बजेट वक्तव्य मार्फत अनुमानित र विनियोजित रकमको अंकमा भएको संशोधन प्रस्तात पारित भएको हो।

दोस्रो नगरसभाले चालु आर्थिक वर्षको बजेटलाई संशोधन गरेर कुल बजेटको संशोधित अनुमान ४८ करोड ९४ लाख ४८ हजार ९ सय ८७ रुपैयाँ विनियोजन विनियोजन गरेको छ।

सभाले चालु तर्फ १८ करोड ७५ लाख ३ हजार ७ सय र पुँजीगत तर्फ ३० करोड १९ लाख ४५ हजार २ सय रुपैयाँ विनियोजन गरेको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेर्ढाईले बताए। त्यस्तै अधिवेशनले मध्यविन्दु नगरपालिकाको न्यायिक समितिलाई पूर्णता दिएको छ।  नगर उपप्रमुख ओमकुमारी महताको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति बनेको हो। न्यायिक समितिका सदस्यहरुमा अमृतप्रसाद ज्ञवाली र दीर्घलक्ष्मी काफ्लेलाई पारित गरेको छ।

Related News

सम्बन्धित समाचार

    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…
    • किन देखिन्छन् समाजमा यौन विकृति ?

      रामप्रसाद सुवेदी कार्तिक ६, २०७८
      अहिले नेपाली समाजमा घटेका अनेक घटनाले सामाजिक सञ्जाल भरिएको पाइन्छ । त्यसको मात्रा हेर्ने हो भने धेरै यौनजन्य क्रियाकलामा जोडिएका…
    • आत्महत्याविरुद्ध पत्रकारलाई अभिमुखीकरण

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      लमजुङ । लमजुङमा कार्यरत पत्रकारका लागि आत्महत्याविरुद्ध अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा कोशिस नेपालको सहयोगमा आयोजित अभिमुखीकरण…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग