जिल्लास्तरीय हाजिरीजवाफमा बालमन्दिर प्रथम

आदर्श समाज सम्वाददाता
जेठ २, २०७५
mother land Quize

पोखरा, १ जेठ। विद्यालय तहमा विद्यार्थीहरूको बौद्धिक क्षमताको विकासलाई मध्यनजर गर्दै मदरल्यान्ड माध्यमिक विद्यालयमा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै नदीपुरको बालमन्दिर माविले १२ हजारका साथ ट्रफी र प्रमाणपत्र हात पारेको छ । शिशु निकेतन मावि विरौटाले ९ हजार ट्रफी र प्रमाणपत्रका साथ द्वितीय स्थान हासिल गर्‍यो ।

तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल क्रमशः शीतलादेवी मावि माटेपानी र मर्निङस्टार मावि नागडाँडाले ६ हजार र ३ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पुरस्कार पाए ।

विद्यार्थी कल्याणकारी कोषको आयोजना तथा विद्यालयको व्यवस्थापनमा गरिएकोे प्रतियोगितामा कास्की जिल्लाभरिका ३७ विद्यालयहरू सहभागी भएका थिए। एउटा विद्यालयबाट कम्तीमा एक जना छात्रा पर्ने गरी तीन जनाको समूह सहभागी भएको सो प्रतियोगिता छनौट, क्वार्टर, सेमीफाइनल र फाइनल गरी चार चरणमा सम्पन्न भएको थियो।

प्रदेश ४ का भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक तथा प्राचार्य नारायण बरालले हाजिरीजवाफ जस्तो बौद्धिक कार्यक्रमले विद्यार्थीमा सबै क्षेत्रको ज्ञानको विकास गराउने बताए ।

विद्यालयका निर्देशक त्रिभुवन शर्माले कार्यक्रमलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्न सहयोग गर्नेे सबैलाई धन्यवाद व्यक्त गरे ।

प्रयास पौडेल र आर्यन जयसवाल अन्तिम चरणको क्वीज मास्टर रहेको सो कार्यक्रम संयोजक टेकनाथ पौडेलले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । पोखरा न्युरोडमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । लाउन्ज एन्ड बार नयाँ वर्षको अवसर पारेर सञ्चालनमा…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…

hero news full width