फोहरमैला व्यवस्थापन सचेतना

Avatar आदर्श समाज सम्वाददाता
जेठ २, २०७५

लेखनाथ, १ जेठ।  सबै वडाबासीको सहयोग र सहकार्यमा वडालाई नमूनायोग्य वडा बनाउने अभियानका साथ पोर्चेरा लेर्चेनाथ महानगरपालिका वडा २९ ले वडास्तरीय फोहरमैला व्यवस्थापन तथा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ।

सरसफाइबारे सचेत गराउने उद्देश्यले मंगलवार वडास्तरीय टोल विकास संस्थाबीच राखिएको छलफल कार्यक्रममा वडाध्यक्ष चेतबहादुर गुरुङले फोहरको उचित रुपमा वर्गीकरण गरी वडालाई नमूना वडा बनाउन सबैले घरका फोहर उचित रुपमा व्यवस्थापन गर्न आग्रह गरे।

कार्यक्रममा पोर्चेरा लेर्चेनाथ महानगरपालिका सरसफाइ शाखाकी प्रमुर्चे कल्पना बराल, फोहरमैला प्रालि सञ्चालक सन्तोष पौडेलले साविक लेर्चेनाथ नगर क्षेत्रभित्र रहेका वडाको फोहर संकलन गर्ने जिम्मा जष्ट इन टाइम कम्पनीले लिएको हुँदा सरसफाइ कार्यमा सबै वडावासीको सहयोग र साथ चाहिने बताए ।

प्रतिक्रिया

Comments on फोहरमैला व्यवस्थापन सचेतना

अन्य समाचार

जिल्लास्तरीय हाजिरीजवाफमा बालमन्दिर प्रथम

पोखरा, १ जेठ। विद्यालय तहमा विद्यार्थीहरूको बौद्धिक क्षमताको विकासलाई मध्यनजर गर्दै मदरल्यान्ड माध्यमिक विद्यालयमा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै नदीपुरको बालमन्दिर माविले १२ हजारका साथ ट्रफी र प्रमाणपत्र हात पारेको छ । शिशु निकेतन मावि विरौटाले ९ हजार ट्रफी र प्रमाणपत्रका साथ द्वितीय स्थान हासिल गर्‍यो । तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल क्रमशः शीतलादेवी मावि माटेपानी र मर्निङस्टार मावि नागडाँडाले ६ हजार र ३ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पुरस्कार पाए । विद्यार्थी कल्याणकारी कोषको आयोजना तथा विद्यालयको व्यवस्थापनमा गरिएकोे प्रतियोगितामा कास्की जिल्लाभरिका ३७ विद्यालयहरू सहभागी भएका थिए। एउटा विद्यालयबाट कम्तीमा एक जना छात्रा पर्ने…

जनप्रिय टोलमा उद्घोषण तालिम

पोर्चेरा, १ जेठ। पोर्चेरा लेर्चेनाथ महानगरपालिका वडा १० स्थित जनप्रिय आमा समूहको आयोजनामा पाँचदिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम मङ्गलबारदेखि शुरु भएको छ। शनिवारसम्म चल्ने तालिममा ६० जना महिला सहभागी छन्। महिलामा बोल्ने कलाको विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिम उद्घाटन गर्दै वडाध्यक्ष राजकुमार गुरुङले महिला सशक्तिकरणलाई प्राथमिकता दिने बताए। वडा सदस्य नीशा मल्ल ठकुरीले समाज रुपान्तरणका लागि महिलाहरुले सक्रिय सहभागिता जनाइरहेको उल्लेर्चे गरिन्। कार्यक्रममा वडा सदस्य दीपक थापा, जनप्रिय समाजका अध्यक्ष डम्बरबहादुर गुरुङ, निवर्तमान अध्यक्ष पञ्चमान गुरुङ,…