Worldlink ads

‘धार्मिक पर्यटनबाट आर्थिक वृद्धि सम्भव’

आदर्श समाज सम्वाददाता
जेठ २, २०७५
khairenitar

खैरेनीटार, १ जेठ।  शुक्लेश्वर बैजनाथ बोल बम समूह, शुक्लागण्डकीको आयोजनामा त्रिवेणीधाम दोभानमा रहेको मन्दिर परिसरमा शिवलि· स्थापना भएको छ।

शिवलि· शिलान्यास गर्दै शुक्लागण्डकी नगरपालिका वडा ७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले त्रिवेणीधाम दोभानलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको र यसको प्रचारप्रसार गरी आर्थिक वृद्धि गर्न सम्भव रहेको बताए। उनले यस क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए।

वडा ३ का वडाध्यक्ष रामकुमार श्रेष्ठले धर्मले मानिसलाई असल कार्य गर्न प्रेरित गर्ने भएकोले धार्मिक स्थल तथा मठ मन्दिरको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताए।

भिमाद नगरपालिका वडा ८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले धार्मिक ऐतिहासिक पृष्ठभूमि भएको यस ठाउँको धार्मिक तथा पर्यटकीय महत्व रहेको बताए। उनले पवित्रस्थलमा शिवलि· स्थापना गरी धार्मिक पर्यटनलाई बढाउने कार्य गरेकोमा आयोजकको प्रशंसा गरेका थिए।

शुक्लेश्वर बैजनाथ बोल बम समूहका सचिव रितुभुवाईले श्रावण महिनामा गरिने बोलबम यात्रासँगै यस क्षेत्रको विकासको लागि तथा विभिन्न समयमा हुने धार्मिक कार्यक्रमका लागि समेत सहयोग मिलोस् भन्ने उद्देश्यले शिवलि· स्थापना गरिएको बताए। उनले आगामी दिनमा यस ठाउँमा १०८ शिवलि· स्थापना गरी धार्मिक, सांस्कृतिक विकासमा योगदान दिने लक्ष्य रहेको पनि जनाए।

कार्यक्रममा समाजसेवी गोपिकृष्ण तिवारीले ८८ हजार ऋषिमुनिले तपस्या गरेको यस पुष्यमूमिको पौराणिक महत्व रहँदारहँदै पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको गुनासो गरे। उनले यस त्रिवेणीधाम दोभानमा गएर स्नान तथा तोरण तार्ने कार्य गरेमा जीवनमा सुर्चेभोग गर्न पाइने तथा विभिन्न समस्याबाट मुक्त भइने पौराणिक मान्यता अनुसार हरिशयनी एकादशी लगायत विभिन्न धार्मिक पर्वमा भक्तजनको आगमन हुने गरेको बताए ।

स्थानीय समाजसेवी प्रेमबहादुर श्रेष्ठले देशको विकास गर्नको लागि धार्मिक तथा पर्यटकीय क्षेत्रलाई राज्यले समयमा नै पहिचान गरी यस्ता क्षेत्रको विकास र संरक्षणमा लाग्नुपर्ने बताए।

शुक्लेश्वर बैजनाथ बोल बम समूहका अध्यक्ष रमानन्द चौधरीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव ऋतु भुवाईले गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…
    • किन देखिन्छन् समाजमा यौन विकृति ?

      रामप्रसाद सुवेदी कार्तिक ६, २०७८
      अहिले नेपाली समाजमा घटेका अनेक घटनाले सामाजिक सञ्जाल भरिएको पाइन्छ । त्यसको मात्रा हेर्ने हो भने धेरै यौनजन्य क्रियाकलामा जोडिएका…
    • आत्महत्याविरुद्ध पत्रकारलाई अभिमुखीकरण

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      लमजुङ । लमजुङमा कार्यरत पत्रकारका लागि आत्महत्याविरुद्ध अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा कोशिस नेपालको सहयोगमा आयोजित अभिमुखीकरण…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग