पोखरा, ३० वैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित क्षेत्रीय, जातीय संगठनका क्रियाकलाप नै मुख्य सुरक्षा चुनौती रहेको प्रदेश ४ अन्तर्गतका जिल्लाका सुरक्षाप्रमुखले बताएका छन् ।
शान्तिसुरक्षा र विपत व्यवस्थापनलगायत विषयमा छलफल गर्न पोखरामा आइतबार आयोजित प्रदेश ४ स्तरीय एकदिने सुरक्षा गोष्ठीमा उनीहरुले विप्लव माओवादीले गरेका गतिविधि नै प्रमुख चुनौतीका रुपमा लिए ।
संयोगले नेकपा आह्वानमा भएको नेपाल बन्दकै दिन गोष्ठी चलिरहँदा पोखरा विमानस्थल अगाडि र लेखनाथ सैनिक वस्तीमा बम डिस्पोज गर्नुपरेको थियो।
राज्य पुनर्संरचनापछि गृहमन्त्रालयद्वारा आयोजित पहिलो गोष्ठीको गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरेका हुन् ।
गोष्ठीमा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै गृहमन्त्री रामबहादुर थापा बादलले संविधान र कानूनविपरीत गरिने जुनसुकै अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्नुपर्ने बताए ।
गृहमन्त्रीको भनाइ उद्घृत गर्दै मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले स्थानीय र प्रदेश सरकारबीच समन्वय, यातायात सिन्डिकेटको अवस्था, सुशासन लगायत आवश्यक कानून नबनुञ्जेल शान्तिसुरक्षाका लागि आवश्यक समन्वय गरी अगाडि बढ्न निर्देशन दिएका थिए ।
यस्तै गोष्ठीमा विद्यमान सुरक्षा अवस्था, चुनौती र समाधानबारे प्रस्तुति र छलफल भएको छ । विभिन्न तहका धम्की, गुण्डागर्दी, लागुऔषध नियन्त्रण, राजनीतिक आवरणमा गरिने क्रियाकलाप निस्क्रिय पार्ने लगायत विषयमा गोष्ठीमा छलफल केन्द्रित रहेको थियो ।
कार्यक्रममा अनुचित कार्यको निगरानी, भष्टाचारमा शून्य सहनशीलता, टोल टोलमा प्रहरी कार्यक्रम, साना हतियार प्रयोगमा प्रतिबन्ध, मदिराजन्य प्रदार्थको रोकथाम, लागुऔषध नियन्त्रण, अपराधमा हुने राजनीतिकरण लगायत विषयमा समेत छलफल भएको प्रवक्ता सुवेदीले बताए ।
मुलुक संघीयतामा गएसँगै केन्द्र र प्रदेश र स्थानीय तहको सुरक्षामा कसरी एकरुपता ल्याउने, विभिन्न क्षेत्रको सिन्डिकेट अन्त्य गरी व्यवस्थापन कसरी गर्ने, मौसमी सुरक्षा, विपद् व्यवस्थापन लगायत गृहमन्त्रीबाट जारी ८२ बुँदे कार्ययोजना र ३७ बुँदे निर्देशनबारे गोष्ठी केन्द्रित थियो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिर्देशक शैलेन्द्र खनाल, प्रदेश ४ का आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान, गृहसचिव प्रेमकुमार राई, राष्ट्रिय अनुसन्धान विभागका दिलीपराज रेग्मी, नेपाली सेनाका उपरथी शरदकुमार गिरी, प्रदेश ४ का प्रदेशका प्रमुख सचिव लक्ष्मण अर्याल लगायत प्रदेश ४ का विभिन्न ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्लास्तरीय प्रमुख गरी करिब १ सय जनाको सहभागिता थियोे ।
सम्बन्धित जिल्लाका सुरक्षा प्रमुखहरुले आ-आफ्नो जिल्लाको व्यवस्था अवस्थाबारे जानकारी गराएका थिए ।
सोमबार बिहान पत्रकार सम्मेलन गरी गोष्ठीको निष्कर्ष र आगामी रणनीतिबारे जानकारी गराइने छ ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१