पोखराका चार स्थानमा बम

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७५

पोखरा, ३० वैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार आहृवान गरेको नेपाल बन्दको प्रभाव पोखरामा आंशिक रुपमा परेको छ ।

सार्वजनिक सवारी, शिक्षण संस्था, कलकारखाना तथा मुख्य बजारका पसलहरुमा मात्र बन्दको प्रभाव पर्‍यो । नेकपाले राष्ट्रघातको पछिल्लो शृंखलाको रुपमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, उक्त भ्रमणका क्रममा राष्ट्रघाती अरुण-३ को शिलान्यास, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेशमा विरोध गर्दै बन्द आयोजना गरेको जनाएको छ ।

नेकपाले नेपाल बन्दमा गरेको बम आक्रमण र आगजनीले जनजीवन भने धेरै जिल्लामा प्रभावित बन्यो । ठाउँठाउँमा बम आक्रमण र आगजनी गरेपछि स्थानीयहरुमा त्रसित भए । पोखरामा पनि चार ठाउँमा बम फेला पर्‍यो । तर प्रहरीले भने शक्तिशाली बम नभई तसाउने प्रयासमात्र गरेको जनाएको छ । पोखराको सैनिक वस्ती, बिरौटा, पृथ्वीचोक र अमरसिंहचोकमा झोलामा बम बनाउन प्रयोग गरिने बस्तु जोडजाम गरी तर्साउने काम भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए । ‘बम भनिहाल्न मिल्दैन तर तर्साउने काम गरेको हो । त्यसलाई निस्क्रिय बनाइएयो,’ डिएसपी खत्रीले भने ।

आइतवार विहान पोखरा लेखनाथ महानगरपालिका २९, सैनिक वस्तीमा नेकपाका कार्यकर्ताहरुले बम राखेका थिए । नेपाली सेनाको डिस्पोजल टोलीले बम राखेको खबर पाएलगत्तै डिस्पोज गरेको हो । यस्तै, पूर्वान्हमा लेखनाथ महानगरपालिका १७ बिरौटास्थित पोखरा विमानस्थल अगाडि पनि बम फेला परेको थियो । नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो । अमरसिंहमा पनि त्यस्तै वस्तु भेटिएको थियो भने अपरान्ह पृथ्वीचोकस्थित सस्तो बजार अगाडि शंकास्पद वस्तु भेटियो । पोखरामा प्रदेशस्तरको सुरक्षा समितिको छलफल चलिरहँदा दिनदहाडै नेकपाका कार्यकर्ताहरुले आतंकित बनाउने काम गरे ।

नेकपाको यसअघिको बन्द भने शान्तिपूर्ण थियो । तर, यसपटक निर्वाचनक्रममा जस्तो ठाउँ ठाउँमा बम हानिएको छ ।

Related News

सम्बन्धित समाचार

  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…
  • रोजगार खोज्दै मेलामा

    विजय नेपाल वैशाख १२, २०८१
    पोखरा । पोखरा मालेपाटनकी ४० वर्षीया संगीता केसीले केही नोकरी पाइन्छ कि ? भन्दै मंगलबार एक स्टल सञ्चालकसमक्ष जिज्ञासा राखिन्…

hero news full width