महिला संघको सदस्यता वितरण

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७५
mahila sangh

पोखरा, ३० वैशाख। नेपाल महिला संघ पोखरा लेखनाथ महानगरपालिका वडा ८ ले आइतबार संघको क्रियाशील सदस्यता वितरण गरेको छ।

कार्यक्रममा ८० जना महिलालाई क्रियाशील सदस्यता वितरण गरिएको हो। कार्यक्रम प्रदेश ४ का सांसद विन्दुकुमार थापाको प्रमुख आतिथ्यमा भएको थियो। त्यस अवसरमा नेता सोभियतबहादुर अधिकारी, नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधव बास्तोला ‘मधु’, विजयराज आचार्य, नेपाल महिला संघकी केन्द्रीय सदस्य तारा अधिकारी, कास्की जिल्ला सभापति कोपिला रानाभाट, उपसभापति अनिता तिमिल्सिना, क्षेत्र १ की सचिव निर्मला कार्की भण्डारी, पोखरा लेखनाथ महानगर सभापति माया बराल, काँग्रेस पोखरा ८ सभापति सुवाष सिग्देलले बोलेका थिए।

नेपाल महिला संघ क्षेत्र २ कास्कीकी सभापति शारदा गिरीको अध्यक्षतामा भएको कार्यक्रम इकाइ सचिव शर्मिला पौडेलले सञ्चालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width