सामाजिक परिचालक पक्राउ

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७५
sm

पोखरा, २५ वैशाख । लामो समयदेखि आन्दोलनरत कास्कीका सामाजिक परिचालकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । न्यूरोडस्थित महानगरको गेटअघि प्रदर्शन गर्ने तयारी गर्दै गर्दा उनीहरुलाई मंगलबार पक्राउ गरिएको हो ।

र्ँभर्खर जम्मा हुँदै थियौ, ब्यानर फुकाउन खोज्दा-खोज्दै प्रहरी जम्मा भएर पक्राउ गरे,’ सामाजिक परिचालक कमला खनालले भनिन्, ‘शान्तिपूर्ण आन्दोलन गर्न पाउने गणतान्त्रिक व्यवस्थामा हामीमाथि धरपकड भयो ।’

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली र नगरप्रहरी समेतको उपस्थितिमा सामाजिक परिचालक पक्राउ गरेका हुन् ।

जायज माग सुनुवाइ नगरेर स्थानीय सरकारले क्रूरता प्रदर्शन गरेको उनीहरु बताउँछन् । २० दिनदेखि सामाजिक परिचालकले पोखरा महानगरको गेटमा नाराबाजी सहित दिनहुँजसो प्रदर्शन गरिरहेका छन् । पक्राउ परेका सामाजिक परिचालक साँझ छुटेका छन् ।

कास्कीमा ७७ जना सामाजिक परिचालक छन् भने महानगरभित्र मात्रै ४७ जना छन् । उनीहरुलाई कुनै पनि हालतमा नियुक्ति नदिने महानगरका मेयर मानबहादुर जिसीले बताए । कर्मचारी रिक्त नरहेको र थप कर्मचारी समेत आवश्यक नभएको भन्दै उनले नियुक्ति दिन सक्ने अवस्था नरहेको उल्लेख गरे । सरकारले चाहीँ सामाजिक परिचालकका लागि आवश्यक तलब अर्थ मन्त्रालयबाट व्यवस्था हुने भन्दै तत्काल नियुक्ति दिन निर्देशन पठाएको थियो ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width