Worldlink ads

वन उपभोक्ता महासंघ रुपा र माछापुच्छ्रेमा नयाँ नेतृत्व

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७५

हेमजा, २५ वैशाख। सामुदायिक वन उपभोक्ता महासंघ रुपा तथा माछापुच्छे्र गाउँपालिकाको प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।

रुपा गाउँपालिकाको अधिवेशनले बुद्घबिहादुर घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।  कार्यसमिति उपाध्यक्षमा समुद्र ओझा, सचिवमा देवी सुवेदी, कोषाध्यक्षमा तिलबहादुर खड्का तथा सदस्यमा तीथ पौडेल, यदुराज सिंह, माया राना, सोमबहादुर सुनारी, विमला खनाल, यामकुमारी गुरुङ, लक्ष्मी गुरुङ, शिवदेवी भुजेल, मनबहादुर आचार्य र रामचन्द्र ओझा छन्।

विष्णुप्रसाद सुवेदी संयोजक रहेको लेखा तथा अनुगमन तथा इश्वरीकुमारी पौडेल संयोजक रहेको न्यायिक समिति पनि गठन गरिएको छ ।

यस्तै, अधिवेशनले प्रदेश प्रतिनिधिका लागि पुरुषबाट कालीदास सुवेदी, अइनुलमदित मियाँ, सोमबहादुर सुनारी र टेकनाथ घिमिरे तथा महिलाबाट सरिता कुमाल, शारदा घिमिरे, जसमती गुरुङ र लिला ओझालाई सर्वसम्मत चयन गरेको छ।

गाउँपालिका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा, गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङ, महासंघका कास्की अध्यक्ष कालीदास सुवेदी, महासचिव सुनमाया नेपाली, कोषाध्यक्ष लक्ष्मी सुवेदी अधिकारी, वडा ५ का अध्यक्ष टेकबहादुर गुरुङ लगायतले धारणा राखेका थिए। कार्यक्रम तदर्थ समितिका सहसंयोजक रामचन्द्र खनालको अध्यक्षतामा भएको हो ।

उता, माछापुच्छे्र गाउँपालिकाको अधिवेशनले चूडामणि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

समिति उपाध्यक्षमा हीमा अधिकारी, सचिवमा सीतादेवी अधिकारी, कोषाध्यक्षमा सुनिता भुजेल तथा सदस्यमा अनन्तप्रसाद अधिकारी, भगवती गौतम, दुर्गादत्त पौडेल, बाबुराम तिम्सिना, सीता पौडेल र वेदहरि अधिकारी चयन भए ।

अधिवेशनले खिमलाल गौतम संयोजक तथा गायत्री अधिकारी र रीता गुरुङ सदस्य रहेको लेखा तथा अनुगमन समिति र शकुन्तला ढकाल अधिकारी संयोजक तथा सोमनाथ अधिकारी र नर्वदा गौतम सदस्य रहेको न्यायिक समिति पनि गठन गरेको छ।

यस्तै, प्रदेश प्रतिनिधिका लागि पूर्णलाल भण्डारी, बाबुराम अधिकारी, डण्डपाणि अधिकारी, शकुन्तला ढकाल अधिकारी, मालती अधिकारी र सुनिता भुजेललाई छनोट गरेको छ।

वडा ६ का अध्यक्ष हरिशचन्द्र ढुंगानाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रम उद्देश्यमाथि महासंघका जिल्ला अध्यक्ष कालीदास सुवेदीले प्रकाश पारेका थिए।

सो अवसरमा महासंघका जिल्ला सचिव दिनेश श्रेष्ठ, कोषाध्यक्ष लक्ष्मी सुवेदी अधिकारी, जिल्ला सदस्य अम्बिका आचार्य लगायतले नवगठित समितिलाई शुभकामना दिएका थिए।

तदर्थ समितिका संयोजक शकुन्तला ढकाल अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम तदर्थ समितिकी सचिव मालती अधिकारीले सञ्चालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

    • अशक्तलाई घरमै नागरिकता

      रासस असाेज ३, २०७८
      सप्तरी । शारीरिकरुपमा अशक्त एक महिला र उहाँका श्रीमान्लाई जिल्ला प्रशासन कार्यालय सप्तरीले आज घरमै गएर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि…
    • दुःख र छाप्रामै थलिए राउटे

      रासस असाेज ३, २०७८
      कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…
    • राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

      आदर्श समाज सम्वाददाता असाेज ३, २०७८
      काठमाडाैं । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुभएको छ । नेपालको…
    • दशैं तिहारका लागि अग्रिम टिकट खुलाइने

      रासस असाेज १, २०७८
      काठमाडौं । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०/११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको…
    • हतारमा विद्यालय नखोल्न निर्देशन

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads