रेडक्रस सोसाइटी लेखनाथ उपशाखा-२७ को रक्तदान

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७५
radecrass

लेखनाथ, २५ वैशाख।  विश्व रेडक्रस दिवस अवसरमा नेपाल रेडक्रस सोसाइटी लेखनाथ उपशाखा वडा २७ ले मंगलबार खुला रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ५१ युनिट रगत संकलन भयो ।

रेडक्रस सोसाइटी कास्की शाखा सभापति डोलराज पाण्डेले पहिलो रक्तदाता नारायण काप\mलेलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्दै धर्मका लागि मन्दिर धाउनुभन्दा मानवीय सेवाका लागि गरिएको रक्तदानले ठूलो पुण्य मिल्ने बताए ।

रगतको विकल्प अरु कुनै वस्तु नभएकाले मानिसका लागि मानिसकै रगत चाहिने यथार्थ जानकारी गराउँदै सभापति पाण्डेले आफू स्वच्छ र निरोगी भएर बाँच्न कम्तीमा वर्षको २ पटक वा सकेमा ४ पटक रक्तदान गर्दा शरीरलाई फाइदा हुने जानकारी दिए ।

रेडक्रस सोसाइटी लेखनाथ उपशाखा सभापति खगेन्द्रराज आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा कास्की शाखाकी सदस्य रमा कोइराला, लक्ष्मी माविका प्रधानाध्यापक ऋषिकेश बराल, उपशाखाका निवर्तमान सभापति हिरामणि सुवेदी, राजनीतिककर्मी राजेन्द्रमणि लामिछाने, लेखनाथ सामुदायिक लायन्स अस्पतालतर्फबाट रोमनाथ पौडेल, लेखनाथ अर्घ बजार व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद भण्डारी लगायतले रक्तदानको महत्व र उपयोगिताबारे जानकारी गराएका थिए। उपशाखाका सचिव तिलकशाली सापकोटाले सञ्चालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन उपसभापति राधामोहन पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width