नगर प्रहरीबाटै दमन

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७५

पोखरा, २४ वैशाख । सामाजिक परिचालकले दिनहुँ पोखरा लेखनाथ महानगरपालिका कार्यालयको गेट कुर्न थालेको १६ दिन नाघिसक्यो । तर, उनीहरुको माग अझै पूरा भएको छैन । दैनिक पूर्वान्ह ११ देखि दिउँसो २ बजेसम्म धर्नामा बस्छन्, नाराबाजी गर्छन् जान्छन् । तर कहिलेकाहिँ उनीहरुलाई धरपकड पनि हुन्छ ।

वैशाख १४ गते १ जना वडाध्यक्ष सहित नगरप्रहरीबाट दुर्र्व्यवहार भएको थियो । आइतबार त २ जना घाइते नै हुने गरी नगरप्रहरीले बुट बसाको भन्दै महिलाहरु मिडियासम्म आइपुगेका छन् । पुरुष नगरप्रहरीले ब्यानर राख्न नदिएपछि प्रतिवाद गर्दा संगीता भण्डारी र शान्ति मल्ल ठकुरी कुटिएको कमला बास्तोला खनालले जानकारी दिइन् ।

‘पुरुषहरुले महिलालाई बुट बजारेका छन् । हाम्रो आन्दोलन कति शान्तिपूर्ण छ सबैलाई थाहा छ’ उनले भनिन्, ‘आइतबार पनि हामी ११ बजेतिर ब्यानर गेटमा टाँसेर धर्ना शुरु गर्न लागेका थियौं । एक घण्टाअघि नै प्रहरी र नगरप्रहरी रहेछ । हामीलाई ब्यान टाँस्न दिएनन् । अनि नगरप्रहरी महिलाविरुद्ध दमनमा उत्रिए । सुत्केरी र गर्भवती घाइते हुने गरी लात्तीले कुटे ।’ उनले असइ पुरुषोत्तम थापाले बुटले हानेको बताइन् । आइतबारको घटनापछि मानवअधिकार आयोग र इन्सेक प्रतिनिधिले सोमबार अनुगमन समेत गरेका छन् ।

आइतबार १५ दिन पूरा भएको सर्न्दर्भमा ऐक्यबद्धता जनाउने कार्यक्रम पनि शुरु भएको उनले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width