पत्रकार रमेश पौडेल सम्मानित

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७५
ramesh

पोखरा, २४ वैशाख । पत्रकार रमेश पौडेल उत्कृष्ट समाचार समाचारदाताको रुपमा सम्मानित भएका छन् ।

गोरखापत्र संस्थानको ११८ औं वाषिर्कोत्सवका अवसरमा काठमाडौंमा सोमबार आयोजित समारोहमा प्रदेश ४ का उत्कृष्ट समाचारदाताको रुपमा पौडेललाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरिएको हो । उनी दुर्इ दशकदेखि गोरखापत्रमा पोखरा समाचारदाताको रुपमा कार्यरत छन् ।

रेडियो बाराहीका कार्यकारी निर्देशक समेत रहेका पौडेल यसअघि दयाशंकर स्मृति पत्रकारिता पुरस्कार, गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार, नेपाल टेलिभिजन उत्कृष्ट पत्रकारिता, पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार लगायतबाट पुरस्कृत हुनुको साथै दर्जनौ संघसंस्थाबाट सम्मानित भएका छन् ।

नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्याक्ष तथा वानका निवर्तमान केन्द्रिय उपाध्यक्ष पत्रकार पौडेल नेपाल टेलिभिजनका पोखरामा समाचारदाता पनि हुन् ।

समारोहमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पौडेलसहित प्रदेशतर्फ १ बाट सचिन पोखरेल, , २ बाट कन्हैलाल केशरी, ३ बाट राममणि दाहाल, ५ बाट छविलाल पाण्डे, ६ बाट ललित बसेल र ७ का प्रकाशविक्रम शाह तथा काठमाडौँ उपत्यकाबाट देवबहादुर कुँवरलाई नगदसहित सम्मानित गरेका थिए ।

यस्तै, गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरियो । पुरस्कार राशि ५५ हजार ५ सय ५५ र सम्मानपत्र छ ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width