Worldlink ads

काफ्लेलाई इन्द्र स्मृति पुरस्कार

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७५
tara kafle chhorepatan

पोखरा, २४ वैशाख । छोरेपाटन माविले सोमबार शिक्षिका तारा काफ्लेलाई बिदाइ गर्दै इन्द्र स्मृति पुरस्कारद्वारा सम्मान गरेको छ ।

कार्यक्रममा वडा अध्यक्ष तीर्थराज अधिकारी, सहायक प्रधानाध्यापक डिल्लीराम शर्मा, शिक्षक दीव्येश्वरी रेग्मी, लक्ष्मी देवकोटा, मेघनाथ पौडेल, टीका क्षेत्री लगायतले शुभकामना व्यक्त गरेका थिए।

सो अवसरमा शिक्षक जानुका पौडेल र विद्यार्थी ऋतिमा क्षेत्री, अञ्जना सुवेदी र सुलोचना लामिछानेले बिदाइ गीत गाएका थिए।

इन्द्र स्मृति पुरस्कारको स्थापना प्रधानाध्यापक लक्ष्मण थापाले गरेका हुन्।

प्रअ थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रअ बद्रीनाथ पहारी र सञ्चालन शिक्षक सीता बरालले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

    • कोरोनाले लोककवि अलिमियाँ फुटबल प्रतियोगिता स्थगित

      आदर्श समाज सम्वाददाता माघ १, २०७८
      पोखरा । कोरोना महामारीको प्रभावका कारण तेस्रो लोककवि अलिमियाँ स्मृति खुला सेभेन ए साइड फुटबल प्रतियोगिता स्थगित भएको छ। आयोजक…
    • ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      हेमजा । पोखरा हेमजा निवासी ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण गरिएको छ । वडास्तरीय ज्येष्ठ नागरिक समितिले विशेष भेलाको आयोजना गरी…
    • प्रहरीद्वारा मास्क वितरण

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । पोखराको तुल्सीघाटस्थित अस्थायी प्रहरी बिटका प्रहरी तथा समाजसेवीको सहयोगमा १ हजार ५ सय मास्क वितरण गरिएको छ ।…
    • महिला उद्यमी संघको साक्षरता

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । महिला उद्यमी संघ नेपाल कास्कीले सातौं साधारण सभा अवसरमा कानुनी एवं बैंकिङ साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा…
    • पेन्सन वितरण कार्यालयमा रक्तदान

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । भारतको ७५ औं स्वतन्त्रता दिवस सन्दर्भमा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय, पोखराले सोमबार रक्तदान एवं निशुल्क स्वास्थ्य शिविर…

    hero news full width