गरिमा र रिलायबल लाइफ इन्स्योरेन्सबीच सम्झौता

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७५
Garima bank’s Bancassurance Agreement photo

पोखरा, २४ वैशाख। गरिमा विकास बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।

सोमबार आयोजित एक कार्यक्रममा सोसम्बन्धी समझदारी पत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र  रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले समझदारी पत्रमा हस्ताक्षर गरे।

सम्झौतापछि गरिमा विकास बैंकका ग्राहकले विकास बैंकका सम्पूर्ण ५७ वटा शाखा कार्यालयबाट रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने जीवन बिमासम्बन्धी सेवा प्राप्त गर्न सक्ने जनाइएको छ।

विकास बैंकले आफ्ना ग्राहकलाई प्रवाह गर्ने सेवामा विविधिकरण गर्दै जाने शिलशिलामा बैंकान्स्योरेन्स कार्य पनि एक महत्वपूर्ण कार्य रहेको विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए।

Related News

सम्बन्धित समाचार

  • तीजमा सफल सादा दही

    आदर्श समाज सम्वाददाता भाद्र २०, २०८१
    पोखरा । हरितालिका तीज अवसरमा सुजल डेरी प्रालिले ‘सफल दही, एकदम सही’ नाराका साथ सफल सादा दही (सुगर फ्रि) बजारमा…
  • ऐतिहासिक बाटुलेचौर तीज मेला सुरु

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पोखरा । पोखरा वडा १६ वडा कार्यालयको संरक्षकत्वमा बडहरबोट आमा समूह आयोजनामा बाटुलचौरमा बुधबारदेखि ऐतिहासिक बाटुलेचौर तीज मेला सुरु भएको…
  • लामाचौर तीज महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पाखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ । महिलाहरुको महान्…
  • पोखरेल प्यानलको घरदैलो

    आदर्श समाज सम्वाददाता भाद्र १३, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल यतिबेला घरदैलोमा व्यस्त छ ।…
  • पोखरामा डायमण्ड मेला हुने

    आदर्श समाज सम्वाददाता भाद्र ११, २०८१
    पोखरा । कञ्चन क्यापिटल आयोजनामा पोखरामा डायमण्ड (हिरा) का गहनाको मेला हुने भएको छ । यही १२–१९ भदौसम्म मोहरिया टोलस्थित…

hero news full width