वियोगीको अर्को महाकाव्य

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७५
madhav

पोखरा, २२ वैशाख । महाकाव्यकार माधव वियोगीद्वारा लिखित ‘डायमनश्री’ महाकाव्य शुक्रबार  लोकार्पण गरिएको छ।

विराटनगरको परोपकार सामुदायिक भवनको सभाकक्षमा भएको एक समारोहमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सो महाकाव्य लोकार्पण गरेका हुन्।

महाकाव्य लोकार्पण गर्दै कुलपति उप्रेतीले पोखराले छन्द र महाकाव्यको समुचित विकासमा गहन र महत्वपूर्ण योगदान दिने माधव वियोगीजस्तो प्रतिभा जन्माएको बताए।

साथै उनले निरन्तरको साधना र प्रतिबद्धताले नै महाकाव्य सिर्जना गर्न सकिन्छ भन्दै डायमण्डशमशेरको विषयमा महाकाव्य रचिनु आफैमा महत्वपूर्ण कार्य  भएको बताए।

डायमनश्री महाकाव्यमाथि समालोचनात्मक टिप्पणी गर्दै डा गोविन्दराज भट्टराईले महाकाव्यले आख्यानकार डायमण्डशमशेर राणाको जीवनी, व्यक्तित्व र कृतित्वलाई सम्पूण्ारूपमा  प्रकाश पारेको बताए। उनले छन्दको समूचित र स्वाभाविक प्रयोगले महाकाव्य पठनीय र ओजपूर्ण बनेको समेत बताए।

समालोचक डा तुलसी भट्टराईले छोटो समयमा ठूलाठूला महाकाव्य रचेर वियोगीले सबैलाई चकित पारेको बताए।

महाकाव्यका स्रष्टा माधव वियोगीले नेपालको प्रजातान्त्रिक आन्दोलन र ऐतिहासिक उपन्यास लेखनमा डायमण्डशमशेरले पुर्‍याएको योगदानको कदर स्वरूप महाकाव्यको नायक बनाएको बताए।

डायमनसमशेर राणाको जन्मशताव्दीको सन्दर्भमा आयोजित सो कार्यक्रममा प्राज्ञ विवश पोखरेल, हिरण्यलाल श्रेष्ठ, रघुशमशेर राणा, कविराज न्यौपाने, रामबहादुर पहारी, कलानिधि पहारी, ज्ञानु अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

सो अवसरमा राम्जी तिमिल्सेना र हरि गौतमले डायमण्डशमशेरसम्बन्धी कार्यपत्र पेश गरेका थिए।  डा गोविन्दराज भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत प्राज्ञ दधिराज सुवेदी र सञ्चालन गोकुल अधिकारीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width