लाइफ इन्स्योरेन्सको १८ औं वाषिर्कोत्सव

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७५
blood

पोखरा, २२ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औं वाषिर्कोत्सव अवसरमा पोखरा शाखा र पेशागत बिमा अभिकर्ता संघ पोखराको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै रक्तसञ्चार केन्द्र क्षेत्रीय कार्यालय पोखराका प्रमुख ध्रुव लामिछानेले रक्तदान कार्यक्रम गरेर संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताए । उनले कम्पनीको वाषिर्कोत्सव अवसरमा कम्पनीको सफलताको कामना समेत गरे ।

अभिकर्ता संघ पोखराका सभापति तारादेवी बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल लाइफ पोखरा क्षेत्रीय कार्यालयका प्रमुख सोनबहादुर मगर, निप्स पोखरा च्याप्टरका अध्यक्ष केशवराज ढकाल, सामाजिक अभियन्ता हरिशचन्द्र शर्मा, डिजिटल साउण्ड एण्ड भिजन प्रबन्ध निर्देशक मनोहरप्रसाद क्षेष्ठ, निप्स पोखराका निवर्तमान अध्यक्ष सुनयना पालिखे लगायतले बोलेका थिए ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स पोखरा शाखा प्रमुख अनन्त अधिकारी, सिनियर एजेन्सी मेनेजर नेत्रप्रसाद ढकाल, अभिकर्ता संघ कास्कीका सचिव दामोदर सापकोटा लगायत बोलेका थिए । कार्यक्रममा ८२ युनिट रगत रंकलन भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width