कैलाश टोलमा सडक उद्घाटन

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७५
kailash tole photo

पोखरा, २२ वैशाख। पोखरा लेखनाथ महानगरपालिका वडा १४ स्थित कैलाश टोलमा निर्मित पक्की सडक शनिवार उद्घाटन गरिएको छ।

ढलान गरी बनाइएको २ सय २४ मिटर लामो सडक वडा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले उद्घाटन गरेका हुन्। कुल २२ लाख ६० हजार ६५ रुपैयाँ’ लागतमा बाटो निर्माण गरिएको हो।

पोखरा लेखनाथ महानगरपालिकाले १४ लाख ६१ हजार ३ सय ४९ र जनसहभागिताबाट ७ लाख ९८ हजार ७ सय १६ रुपैयाँ लगानी भएको छ।

सडक उद्घाटन गर्दै वडाध्यक्ष कार्कीले सबै मिलेर विकासको अभियान अघि बढाउनुपर्नेमा जोड दिए।

त्यस अवसरमा वडा सदस्य जितेन्द्रजंग थापा, उद्गम टोल विकास संस्था अध्यक्ष वेदनाथ बराल लगायत बोलेका थिए।

संस्थाका अध्यक्ष नारन केसीको अध्यक्षतामा भएको कार्यक्रम सचिव जीवन खरालले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width