पोखरा, १९ वैशाख । ब्राह्मण समाज नेपालको पोखरा लेखनाथ वडा ८ मा १० करोड रुपैयाँ लागतमा भवन बन्ने भएको छ ।
प्रदेश ४ प्रमुख बाबुराम कुँवरले पूर्ण विधिपूर्वक बुधबार भवन शिलान्यास गरे । २०६९ सालमा सञ्चालित महायज्ञबाट संकलित रकमबाट जग्गा खरिद गरी भवन निर्माणको थालनी गरिएको समाजले जनाएको छ । प्रदेश प्रमुख कुँवरले ब्राह्मणको कुलमा जन्मदैमा ब्राह्मण नभइने भन्दै ब्राह्मणत्व जसले प्राप्त गर्दछ उही ब्राह्मण हुने बताए । ‘अनुशासन, जाने बुझेको कुरा व्यवहारमा उतार्न सक्नु, शहनशीलता, क्षमा दिन सक्नु, सबैलाई मित्रवत् व्यवहार गर्नु, सबैको भलो चिताउनु नै ब्राह्मणत्व हो,’ उनले भने, ‘गुरुले भिक्षाको वा दानको आशा गर्दछन् तर सद्गुरुले त्यस्तो केही आशा गर्दैनन् । लिनभन्दा दिन आतुर हुन्छन् ।’
कुँवरले ब्राह्मण जाति एकीकृत हुँदै सभ्य समाज निर्माणमा अघि सर्ने विश्वास लिँदै बहुपयोगी भवनबाट सबैले लाभ लिन सकून् भन्ने शुभकामना प्रकट गरे ।
सो अवसरमा केदारेश्वर महादेवमणि सेवाश्रम समितिका पीठाधीश डा लेखनाथ आचार्य, ब्राह्मण समाज नेपालका संस्थापक अध्यक्ष डा नारायणप्रसाद अधिकारी, क्षत्री समाज नेपालका संस्थापक अध्यक्ष प्राडा दिलबहादुर क्षत्री, केन्द्रिय सचिव भेषराज लम्साल, पोखरा नगर अध्यक्ष चिरञ्जीवी बराल, इ. बाबुराम बराल लगायतले शुभकामना व्यक्त गरेका थिए। समाजको जिल्ला कमिटी कास्कीका अध्यक्ष रामप्रसाद बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष महेश पराजुलीले स्वागत गर्दै बहुउपयोगी भवन बन्ने बताए ।
ब्राह्मणका सम्पूर्ण रीति पूरा गर्ने बहुउद्देश्यीय हल सहितको भवन बन्ने उनले जनाए । जिल्ला कार्यसमिति कास्की सचिव विश्वमोहन पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
भवन बनाउन अपुग रकम स्थानीयले संकलन गरेका छन्। भवन २ वर्षभित्र पूरा भइसक्ने जिल्ला अध्यक्ष बस्ताकोटीले बताए। उनका अनुसार बाहिरबाट आउने पाहुनाका लागि अतिथिकक्ष, योगहाउस, आवासको रुपमा सो भवन उपयोग हुने छ ।
Related News
सम्बन्धित समाचार
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
hero news full width
मुख्य समाचार
घर फर्किए म्यादी प्रहरी
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
जेठ ६, २०७९गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९