महायज्ञमा छैठौं दिसम्म ८३ लाख बढी संकलन

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७५
Mahayagya Photo

हेमजा, १६ बैशाख ।माछापुच्छे्र गाउँपालिका-३, घाचोकस्थित शुक्लागण्डकी माविमा जारी विराट शैक्षिक श्रीमद्भागवत धन धान्याञ्चल महायज्ञको छैठौं दिन आइतवारसम्म गरी कूल ८३ लाख ५६ हजार ७ सय २५ दान संकलन भएको छ । आइतवार मौसम प्रतिकूलताकाबीच पनि भक्तजनको भने उल्लेख्य सहभागिता देख्न सकिन्थ्यो ।

आइतवार मात्रै यज्ञमा रु. १२ लाख ४४ हजार ४ सय ४१ संकलन भएको छ । सबैभन्दा बढी घाचोकनिवासी गुणाकर दवाडीको परिवारबाट १ लाख २३ हजार १ सय ६५ दान भएको छ ।

त्यस्तै, आइतवारै घाचोक निवासी कृष्णकुमार श्रेष्ठबाट १ लाख १३ हजार ३ सय ३३, घाचोक खरिबोट निवासी राधिका केसीबाट १ लाख ११ हजार १ सय ११, तुलसी लम्सालबाट ८५ हजार १ सय ३८, पूर्णकला लम्सालबाट ५७ हजार ५ सय ५७, गोपाल पोखरेलबाट ५१ हजार १ सय ५१, निलकण्ठ लम्सालबाट ५१ हजार १ सय ५१, पदमराज पोखरेलबाट ५१ हजार १ सय ११, पोखरा विरौटानिवासी चन्द्रकान्त वरालबाट ५१ हजार १ सय ८ पनि महायज्ञमा दान भएको मूल आयोजक समितिका सहकोषाध्यक्ष स्थानेश्वर लम्सालले जानकारी दिए ।

त्यस्तै, घाचोकस्थित सुनौलो पाटन आमा समूहबाट ३३ हजार १ सय १५, घनस्याम पोखरेलबाट २५ हजार ५ सय २५, घाचोक हाल पोखरा निवासी मीनबहादुर गुरुङको परिवारबाट २५ हजार ५, माछापुच्छे्र २ हाल पोखरा १६ निवासी बमबहादुर गुरुङको परिवारबाट २० हजार १ सय १० एवं स्वः सुरतबहादुर क्षेत्रीको सम्झनामा कलावती र्घर्तीक्षेत्रीबाट २० हजार २० दान सहयोग प्राप्त भएको छ ।

अन्य विभिन्न व्यक्ति एवं संघसंस्थाले पनि आ-आफ्नो क्षमता अनुसारको दान गरेको मूल आयोजक समितिका संयोजक रविलाल पोखरेलले बताएका छन् ।

आइतवार महायज्ञमा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिहरुले समेत सहभागिता जनाएका थिए । आइतवार भागवत वाचन गर्दै युवा पण्डित कमलनयन गौतमले हालको सामान्य शिक्षामा नैतिक शिक्षाको अभाव रहेको चर्चा गर्दै बुबाआमाले आफ्ना छोराछोरीलाई संस्कारयुक्त तथा नैतिकवान् बनाउनपर्नेमा जोड दिए । उनले श्रीमदभागवतको मावन जीवनमा महत्वपूर्ण भुमिका रहेको टिप्पणी गर्दै धनको अहंकारले मानिसले मुक्ति नपाउने र दानीलाई कहिल्यै हानी नहुने पनि औँल्याएका थिए । यज्ञ मंगलवारसम्म चल्ने जनाइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width