Worldlink ads

प्राज्ञ कोइरालालाई राष्ट्रिय संगीत सम्मान

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७५
hari devi koirala

पोखरा, १६ वैशाख । मैया नानी, बाबु, ज्यान, कलानिधि राष्ट्रिय संगीत सम्मानबाट पोखराकी वरिष्ठ लोकगायिका एवं साहित्यकार हरिदेवी कोइरालालाई सम्मान गरिएको छ। कलानिधि इन्दिरा महाविद्यालयको ५५ औ वाषिर्कोत्सवको अवसरमा काठमाण्डौंको नाचघरमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो।

संचारमन्त्री गोकुल बास्कोटा र अतिथि सत्यमोहन जोशीले उनलाई नगद १० हजारसहित सम्मानपत्र प्रदान गरेका थिए ।

सोही अवसरमा महाविद्यालयले साहित्य, संगीत र समाजको क्षेत्रमा विशिष्ट योगदान दिएका कोइरालासहित १० जनालाई सम्मान गरेको थियो । कार्यक्रममा संचार मन्त्री बास्कोटाले योगदानको कदर गर्दै सम्मान गरिने परिपाटी सराहानिय भएको उल्लेख गरे ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads