Worldlink ads

जेसीज विकइण्ड सकियो

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७५
DSC_0359

????????????????????????????????????

पोखरा, १६ वैशाख। यस बर्षको र्एसइर्इ परिक्षामा सहभागी विद्यार्थीहरुलाई उत्कृष्ट शैक्षिक जीवनसम्बन्धी परामर्श तथा उत्प्रेरणा तालिम प्रदान गर्दै जेसीज विकइण्ड-२०१८ सकिएको छ। पोखरा जेसीजले सामुदायिक विकास क्षेत्र अन्तर्गतको महत्वपूर्ण कार्यक्रमको तेस्रो दिन शैक्षिक जीवनसम्बन्धी परामर्श तथा उत्प्रेरेणा तालिम प्रदान गरेको थियो।

‘फरक अनुभूतिका लागि परिवर्तन स्वीकारौ’ त्रिदिवसीय कार्यक्रमको पहिलो दिन पोखरा लेखनाथ महानगरपालिकाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई संसदीयसभा प्रणाली तालिम तथा प्रभावकारी बैठक सञ्चालन तालिम कार्यक्रम गरेको थियो।  दोस्रो दिन पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर २१ निर्मलपोखरीस्थित जनजागृति आधारभूत विद्यालयमा पोखरा हस्पिटल एण्ड रिर्र्सच सेन्टर र डर्क्र्टस डेन्टल एण्ड इम्प्लान्ट सेन्टरको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर तथा दन्त परिक्षण कार्यक्रम गरेको थियो ।

पोखरा जेसीजका निवर्तमान अध्यक्ष जेसी शिवप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न समापन समारोहका अन्य अतिथिहरुमा पोखरा जेसीजका पूर्व अध्यक्ष तीलकराम पौडेल, सिनेटर विष्णुवहादुर थापा, जेसी छवि सुवेदी, पोखरा लेडी जेसीजका अध्यक्ष सन्तु पौडेल मुख्य प्रायोजकका प्रवन्ध निर्देशक अनिल लामिछाने लगायतको उपस्थिति थियो ।

मानव सेवालाई मूलमन्त्र मान्ने पोखरा जेसीजले कार्यक्रमबाट वचत रकम पोखरा छोरेपाटनस्थित मानव सेवा आश्रममका असहाय, वृद्धवृद्धाहरुलाइ खाजा खुवाई सहयोग प्रदान गरेको जेसीज सप्ताहन्त कार्यक्रमका मूल संयोजक जेसी देवराज शर्माले बताए।

वर्ष २०१८ को जेसीज सप्ताहन्त कार्यक्रमका मूल संयोजक तथा पोखरा जेसीजका कार्यकारीणी उपाध्यक्ष जेसी देवराज शर्माले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सहयोगी संस्थाहरुप्रति धन्यवाद व्यक्त गरेका थिए। संयोजक सुमन पहारीले स्वागत र महासचिव जेसी गणेश गिरीले कार्यक्रम सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…
    • किन देखिन्छन् समाजमा यौन विकृति ?

      रामप्रसाद सुवेदी कार्तिक ६, २०७८
      अहिले नेपाली समाजमा घटेका अनेक घटनाले सामाजिक सञ्जाल भरिएको पाइन्छ । त्यसको मात्रा हेर्ने हो भने धेरै यौनजन्य क्रियाकलामा जोडिएका…
    • आत्महत्याविरुद्ध पत्रकारलाई अभिमुखीकरण

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      लमजुङ । लमजुङमा कार्यरत पत्रकारका लागि आत्महत्याविरुद्ध अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा कोशिस नेपालको सहयोगमा आयोजित अभिमुखीकरण…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग