Worldlink ads

जेसीजको बृहत् स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७५

पोखरा, १६ वैशाख । पोखरा जेसीजले सामुदायिक विकास क्षेत्रअन्तर्गत जेसीज विकइण्ड-२०१८ को दोस्रो दिन निर्मलपोखरीस्थित जनजागृति आधारभूत विद्यालयमा स्वास्थ्य शिविर तथा दन्त परीक्षण कार्यक्रम गरेको छ।

पोखरा हस्पिटल एण्ड रिर्र्सच सेन्टरको र डर्क्र्टस डेन्टल एण्ड इम्प्लान्ट सेन्टरको प्राविधिक सहयोगमा सञ्चालित सो शिविरमा झन्डै ४ सय जना बिरामीले विशेषज्ञ डाक्टरबाट आफ्नै घर आँगनमा निःशुल्क स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिएको जेसीज सप्ताहन्त कार्यक्रमका मूल संयोजक देवराज शर्माले बताए।

प्रमुख अतिथि वडाध्यक्ष खगराज आचार्यले जनतालाई सरकारले अब यसैगरी सबै सेवा सुविधा प्रदान गर्न आफू लागिपर्ने बताए ।

पोखरा हस्पिटलका वरिष्ठ फिजिसियन डा र डर्क्र्टस डेन्टलका वरिष्ठ डेन्टिस्टद्वारा प्रमुख अतिथिको स्वास्थ्य र दाँत परीक्षण गरी कार्यक्रम शुभारम्भ गरिएको थियो।

विशेषज्ञ डाक्टरसहितको ३५ जना भन्दा बढी प्राविधिक टोलीबाट पेट, छाती, नशा, छाला, महिला, बालबालिका, हाडजोर्र्नी, क्षयरोग, उच्च रक्तचाप, मधुमेह दन्तरोग लगायत विभिन्न रोगको परीक्षण गरिएको हो ।

पोखरा जेसीजका निवर्तमान अध्यक्ष शिवप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य सीतादेवी विक, जनजागृति आधारभूत विद्यालयका अध्यक्ष तथा शिवालय टोल विकास संस्थाका अध्यक्ष भोजराज पौडेल, विद्यालय प्रअ किरणचक्र भट्टराई, निर्मलपोखरी स्वास्थ्य चौकीका प्रमुख प्रताप पौडेल लागायत रहेका थिए।

जेसीज सप्ताहन्त कार्यक्रमका मूल संयोजक तथा पोखरा जेसीजका उपाध्यक्ष देवराज शर्माले कार्यक्रममाथि प्रकाश पारेका थिए भने सञ्चालन महासचिव गणेश गिरीले गरेका थिए । कार्यक्रममा स्वागत शिविर कार्यक्रम संयोजक विवेक पोख्रेल र धन्यवाद मन्तव्य भाइराज रानामगरले गरेका थिए।

त्रिदिवसीय कार्यक्रमको पहिलो दिन पोखरा लेखनाथ महानगरपालिकाका वडाध्यक्ष र कार्यपालिका सदस्यलाई संसदीय सभा प्रणाली तथा प्रभावकारी बैठक सञ्चालन तालिम गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

    • आमाको स्मृतिमा बास्तोला परिवारको अक्षयकोष

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पोखरा ११, फूलबारीका रामचन्द्र बास्तोला र कृष्णप्रसाद बास्तोला (राजु) ले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले…
    • विश्व हिन्दू महासंघको पोखरामा महायज्ञ तयारी

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट…
    • पोखरामा खसी बजारमा अनुगमन

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासा आएपछि पोखरा महानगरले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा…
    • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व…
    • मेयर मानबहादुर जिसी पोखरा फर्के

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      पोखरा, २३ असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी झण्डै २ महिनाको उपचारपछि पोखरा फर्केका छन् । उनी शनिबार पोखरा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads