जामुने मार्ग टोल सुधारमा रेग्मी

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७५
jamune marga tol sudar news pic

पोखरा १६ वैशाख । जामुने मार्ग टोल सुधार समिति, पोखरा-१७ को सातौं वाषिर्क साधारणसभा तथा चौथो अधिवेशनले लालबहादुर रेग्मीको अध्यक्षताका १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यसमिति वरिष्ठ उपाध्यक्ष सरिता लामिछाने, उपाध्यक्ष शशी शाह, सचिवमा शोभित खड्का, कोषाध्यक्ष बलबहादुर सुनार, सहसचिव नवराज काफ्ले र सहकोषाध्यक्ष रुपेश थापा चयन भए ।

सदस्य शालिकराम पौडेल, योगेन्द्र अधिकारी, नौमाया पुन, शान्ता कार्की, कल्पना क्षेत्री, बबी रानाभाट, कृष्ण शर्मा, नारायण अधिकारी, शिव लामिछाने र पुष्पा पौडेल छन् ।

सल्लाहकार संयोजक टीका भण्डारी, सदस्य राजु तुलाधर शेखर गुरुङ, नरेश शाह, धीरेश शाह, पुण्य पौडेल र जमुना खड्का छन्।

वडा सदस्य बैकुण्ठ भण्डारीले टोलले गरेको कार्यको प्रशंसा गरे।

कार्यक्रममा एसर्इइमा उत्कृष्ट नतिजा ल्याउन सफल टोलबासी विद्यार्थी सुशान्त खड्का, अभिषेक पौडेल, अमीर गुरुङ, सरला च्वाई, सम्पदा च्वाईलाई सम्मानित गरिएको थियो। त्यस्तै ७५ वर्ष नाघेका वृद्धा हीतकुमारी गुरुङलाई पनि सम्मानित गरिएको थियो ।

कार्यक्रममा छहारी टोल विकास संस्थाकी अध्यक्ष लीला जिसी टोलवासी शोभाकान्त पौडेल, सल्लाहकार संयोजक टीका भण्डारी र सुशान्त खड्का लगायत बोलेका थिए।

समिति अध्यक्ष लालबहादुर रेग्मीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत शशी शाह र सञ्चालन सचिव शोभित खड्काले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width