सङ्गम सांस्कृतिक मञ्चमा गुञ्जिए रानाभाटका गीत

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७५
sangam

पोखरा, वैशाख १५। गीतकार भीम रानाभाट ज्यालादारीका गीतहरु शनिबार पोखरामा गुन्जिएका छन्।

सङ्गम सांस्कृतिक मञ्चले सङ्गम सांस्कृतिक यात्राको तेस्रो शृङ्खलामा रानाभाटका गीत प्रस्तुत गरेका हुन्।

प्रगतिशील लेखक सङ्घ कास्कीका अध्यक्ष रानाभाटको हालै प्रकाशित गीत सङ्ग्रह ‘पग्लिँदैन सगरमाथा’मा समेटिएका करिब १ दर्जन गीत सङ्गम सांस्कृतिक मञ्चका कलाकारले गाएका हुन्।

समारोहमा गीतकार ज्यालादारीका गाउँघरका साइँलाहरु…, झारको बीऊ…, सम्झेको छु हार पनि जीत…, सुन्दर भन्छन् पोखरा…, आमा त्रि्रो काख…लगायतका गीतहरु प्रस्तुत गरिएका थिए।

गीतकार ज्यालादारीले आफूले श्रमजीवी नेपालीका पीर, व्यथालाई गीतमा उतार्ने प्रयास गरेको बताउँदै साहित्यले जनताको सुखदुःखमा साथ दिनुपर्ने विचार राख्दै साहित्य र सङ्गीतको समन्वय सही ढङ्गले हुन सके समाज परिवर्तनमा सघाउ पुग्ने बताए।

कार्यक्रममा रानाभाटका अलावा काजी गाउँले, सुरज उपाध्याय, विकास लुङ्गेलीका गरी डेढ दर्जन गीत पदमराज ढकाल, काजी गाउँले, विकास लुङ्गेली, डी. बी. बान्तवा, सङ्गीता सुनाम, खेम लामा, रोशन लामा, ओमविक्रम ओझा, शान्ति लुङ्गेली, साइमन श्रेष्ठ, सिर्जना थापा, सन्तोष बलम्पाकी, उज्ज्वल भट्ट, इशु भण्डारी, सोगित गुरुङलगायतका कलाकारले प्रस्तुत गरेका थिए।

उपस्थित दर्शकलाई अध्यक्षता गराइएको कार्यक्रममा रक्तिम अभियानका कलाकारले नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन रुपिन्द्र प्रभावीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width