क्यालेण्डरको महत्त्व बुझौँ : लामिछाने

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७५
IMG_9582

पोखरा, १५ वैशाख।सप्तरंगी सांस्कृतिक प्रतिष्ठान पोखराले शनिवार नववर्ष २०७५ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ।

सोही कार्यक्रमबीच प्रतिष्ठानद्वारा प्रकाशित क्यालेण्डरको पनि लोकार्पण भयो। पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राडा देवेन्द्रबहादुर लामिछाने, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संरक्षक तीर्थराज अधिकारी, प्रतिष्ठानका सल्लाहकार कृष्णप्रसाद बास्तोला, निवर्तमान अध्यक्ष नवराज बराल र अध्यक्ष पद्मराज ढकालले संयुक्त रुपमा क्यालेण्डरको लोकार्पण गरेका थिए।

त्यस अवसरमा प्रमुख अतिथि प्राडा देवेन्द्रबहादुर लामिछानेले पर्व र विदा मात्र नभै क्यालेण्डरमा अन्तरनिहित वस्तुको महत्व बुझ्नुपर्नेमा जेाड दिए। उनले क्यालेण्डरलाई योजनाका रुपमा लिनुपर्ने र त्यस अनुरुप चल्नुपर्ने बताए। साथै, उनले समाज परिवर्तनका लागि क्यालेण्डरमा नयाँ कार्यक्रम दिनुपर्ने उल्लेख गरे।

कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले २०६३ सालमा स्थापित संस्थाले हरिदेवी कोइराला सांगीतिक साँझ, खिम गुरुङ प्हाएआली एकल साँझ, पद्मराज ढकाल एकल साँझ, दुर्गाबहादुर शाह बाबा एकल कवितावाचन, खुला लोकनृत्य प्रतियोगिता, कलाकार उपचार कोष, पुरस्कार कोष स्थापना, विश्वसंगीत दिवस समारोहलगायतका कार्यक्रम सम्पन्न गरिसकेको बताए। कार्यक्रमको सञ्चालन महासचिव मनकुमार श्रेष्ठले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width