पोखरा, ११ वैशाख। अन्तर्राष्ट्रिय पुस्तक दिवस सर्न्दर्भमा पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले नेपाली भाषा साहित्य संरक्षणमा स्रष्टा सचेत हुनु आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिले दिवसका सर्न्दर्भमा आयोजना गरेको पुस्तक आदानप्रदान, आजीवन सदस्यता वितरण, बधाई तथा शुभकामना कार्यक्रमका वक्ताले उक्त धारणा व्यक्त गरेका हुन्।
समारोहमा पृथ्वीनारायण क्याम्पस नेपाली विभागका विभागीय प्रमुख कृष्णप्रसाद पौडेलले पछिल्लो समय नेपाली भाषामाथि शृङ्खलावद्ध प्रहार भइरहेको बताए। उनले थपे, ‘पछिल्लो समय माध्यमिक तहको पाठ्यक्रममा नेपाली विषयको पाठ्यभार घटाएर नेपाली भाषाको अस्तित्व धरासायी पार्ने षडयन्त्र भइरहेको छ, त्यसको विरोध गर्नुपर्छ।’ पौडेलले पुस्तक दिवसलाई सार्थक पार्न विद्यार्थी, विद्यालय, पुस्तक व्यवसायीलगायत सम्बद्ध निकायले विशेष खालका कार्यक्रम अगाडि बढाउन आवश्यक छ भने।
घान्द्रुक स्रोत केन्द्रका स्रोत व्यक्ति साहित्यकार टेकनाथ पीडितले भाषा समृद्ध भएमात्रै साहित्यले फस्टाउनेे भएकाले पहिला नेपाली भाषाको संरक्षणमा जोड दिन आग्रह गरे।
साहित्यकार सूर्य खड्का बिखर्चीले पछिल्लो समय नेपाली साहित्यलाई विश्वव्यापी बनाउँछु भनेर विभिन्न प्रयोग भइरहेको बताउँदै हाम्रा गाउँवेसीका लोकछन्द, लोकस्वाद अन्य भाषामा पाउन नसकिने बताए। साहित्यकार मदन भण्डारीले मान्छेले नसिकी केही नजान्ने भएकाले जान्नका लागि सिक्नैपर्ने, नेपाली साहित्यलाई विश्व साहित्यमा चिनाउन र नेपाली भाषाको संरक्षणका लागि सिक्नुपर्ने सिकाइ सबैले सिक्नुपर्ने धारणा व्यक्त गरे।
संस्थाले साहित्यकार रवीन्द्र माकाजुलाई संस्थाको आजीवन सदस्यता प्रदान गरेको छ। उनलाई अनेसास गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबा, सह-प्राध्यापक कृष्णप्रसाद पौडेल, साहित्यकार बिखर्चीलगायतले संस्थाको पिन र सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए।
समारोहमा कार्यसमिति सदस्य प्रविन पुन र संस्थाका शुभेच्छुक दीपक पराजुलीलाई सम्मान गरिएको थियो। संस्थाका सदस्य पुन बेलायत जान लागेको र पराजुली पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन शुरु गरेकामा सम्मान गरिएको हो।
साहित्यकार माकाजुले नेपाली भाषा र साहित्यका लागि क्रियाशील संस्था अनेसासले आफूलाई सदस्यता प्रदान गरेकोमा आभार व्यक्त गरे। उनले पुस्तक ज्ञानको भण्डार भएकाले त्यसको निरन्तर अध्ययन आवश्यक रहेको धारणा राखे। सम्मानित व्यक्तित्व प्रविन पुनले आफू बेलायतमा रहे तापनि बेलायत च्याप्टरसँग सहकार्य गरेर अनेसासको गौरव र गरिमालाई उचो वनाउन प्रयत्नशील रहने बताए। सम्मानित व्यक्तित्व दीपक पराजुलीले अनेसासका गतिविधिले नेपाली भाषासाहित्यको संरक्षणमा उल्लेख्य योगदान दिएको बताए।
समारोहमा संस्थाका अध्यक्ष दुर्गाबहादुर शाह बाबा, सदस्य कल्याण पन्त, गीता तिवारी गौतम, कृष्ण रानाभाट सारथि, एनजे सागर शाह, असफल गौतम, साहित्यकार विष्णुप्रसाद बास्तोला, निर्मला न्यौपाने लगायतले नेपाली भाषा साहित्यको संरक्षणमा पठन संस्कृतिको विकास हुन नसकेकोमा गुनासो व्यक्त गरे। वक्ताले पछिल्लो समय नेपाली भाषामाथि चारैतर्फबाट आक्रमण हुन थालेकाले भाषासाहित्यका पुस्तक लेखन, प्रकाशन र पठनमा जोड दिन आवश्यक रहेको धारणा व्यक्त गरे।
Related News
सम्बन्धित समाचार
स्थानीयका कर्मचारी पनि आन्दोलित
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
कानुन कार्यान्वयनका लागि हो
हाम्रो यात्रा विब्प्याँटो छ
नियम बन्यो, नियत फेरिएन
hero news full width
मुख्य समाचार
संशोधनसहित वन विधेयक पास : संरक्षित क्षेत्रमा प्रदेशको हस्तक्षेप
प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार निर्मला शर्मालाई
असाेज ४, २०८०सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
असाेज ४, २०८०प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०