योजना आयोगमा डा कँडेल

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७५

काठमाडौं, ११ वैशाख । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा पुष्प कँडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्षसमेत रहेका कँडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आयोगका सदस्यमा कृष्णप्रसाद ओली, उषा झा, दिलकुमार गुरुङ, सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुँयाल नियुक्त भएको बैठकपछि सरकारका प्रवक्ता संचार राज्यमन्त्री गोकुल बास्कोटाले दिए । बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग अध्यादेश, राष्ट्रियसभा निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशलाई जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, बैठकले सरकारी तथा उच्चपदस्थ व्यक्तिको वैदेशिक भ्रमण निर्देशिका स्वीकृत गर्ने तथा सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पठाउनेसमेत निर्णय गरेको पनि मन्त्री बास्कोटाले जानकारी दिए । यसैगरी, सरकारले बसोबास आयोगको केन्द्रदेखि जिल्लासम्मका सबै संरचना खारेज गरेको छ । आयोगका नाममा राजनीतिक नियुक्ति गरेर राज्यको ढुकुटीमात्र नोक्सान भइरहेको भन्दै मन्त्रिपरिषद बैठकले आयोग र त्यसका जिल्ला शाखा खारेज गरेको सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width