पत्रकार महासंघ प्रदेश ४ मा सर्वसम्मत्

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७५

पोखरा, १० वैशाख । नेपाल पत्रकार महासंघ प्रदेश ४ को अधिवेशनमा त्रिभुवन पौडेल निर्विरोध भएका छन् ।

यस्तै प्रदेश उपाध्यक्षमा नारायणप्रसाद शर्मा, उपाध्यक्ष (महिला) शान्ति गुरुङ, महासचिव गणेश पौडेल, सचिव इन्द्रप्रसाद पौडेल, सचिव (समावेशी) रुद्र श्रीष मगर, कोषाध्यक्ष दीपक भट्टराई छन् । सदस्य खुलातर्फ खेमबहादुर सारु, गोविन्दप्रसाद सुवेदी, वसन्तराज अधिकारी, राजेन्द्र न्यौपाने, रामजी प्रसाद लम्साल, सन्तोष गौतम, सुशीलबाबु श्रेष्ठ, सदस्य महिलातर्फ अञ्जना तिमिल्सिना, कमला केसी, रविना ढकाल, सदस्य दलितमा राजेश सोनाम, सदस्य आदिवासी जनजाति शीला गुरुङ, संगम र्घर्ती, सदस्य अल्पसंख्यक/अपांगता शेष मोहम्मद हनिफको अन्तिम नामावली प्रकाशित गरिएको मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए ।

उनका अनुसार यस प्रदेशमा मधेशी २ सदस्य कोटामा कुनै उम्मेदवारी नपरेकोले खुला सदस्यमा कायम गरिएको हो । आइतबार भएको उम्मेदवारी दर्ता तथा सोमबार दावी विरोध तथा उम्मेदवारी फिर्ताको समय दिइएको थियो । जसमा कसैको दावी विरोध परेन भने उम्मेदवारी फिर्ता आएन। जसअनुसार वैशाख २२ मा हुने चुनाव अगावै प्रदेश ४ मा कार्यसमिति सर्वसम्मत भएको हो ।

Related News

सम्बन्धित समाचार

  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…
  • भारतद्वारा ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहार

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । भारतीय राजदूतावास, काठमाडौंले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३५ एम्बुलेन्स र…

hero news full width