वरिष्ठ कवि पोखरेल सम्मानित

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७५
lamjungad

लमजुङ, १० वैशाख । वरिष्ठ कवि प्रल्हाद पोखरेललाई लमजुङमा सम्मान गरिएको छ। नयाँवर्षका अवसरमा पिङ्गल छन्द प्रतिष्ठान नेपाल लमजुङ र मखमली चिति मञ्चद्वारा एक  कार्यक्रमबीच  वरिष्ठ कवि पोख्रेललाई सम्मान गरिएको हो।

बेशीसहर नगरपालिका- ११ को रामचोकबेसीमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समालोचक, कथाकार एवम् प्रमुख जिल्ला अधिकारी युवराज मैनाली, पिङ्गल छन्द प्रतिष्ठान नेपालका अध्यक्ष श्रीकृष्ण न्यौपानेसहितले कवि पोखरेलाई माला, टीका, खादा र सम्मानपत्रद्वारा सम्मान गरेका हुन्।

२०१४ सालमा खोटाङमा जन्मिएका कवि पोखरेल पछिल्लो दिनमा काठमाडौं’मा बस्दै आएका छन्। पोख्रेलका डेढ दर्जन बढी साहित्यिक कृतिहरू प्रकाशित छन्। यात्राको गन्तव्य महाकाव्य, सारथी, कुहिराको काग, गोसाई कुण्ड काव्य तथा गीति यात्रा आदि चर्चित छन्। गृह मन्त्रालयमा अधिकृतस्तरको जागिरे भएर पनि यतिधेरै साहित्यिक कृति प्रकाशन गर्न सक्नु कवि पोखरेलेको विशेषता हो। उनको त्यही अलौकिक प्रतिभा र योगदानको कदर गर्दै सम्मान गरिएको पिङ्ल छन्द प्रतिष्ठानका अध्यक्ष श्रीकृष्ण न्यौपानेले बताए।

‘मेरो प्यारो लमजुङ बनोस् छन्दको राजधानी’ कवितात्मक पंक्ति वाचनका साथ कार्यक्रमको उद्घाटन गरेका प्रजिअ मैनालीले सम्मानित कवि व्यक्तित्वको साहित्यिक योगदानबारे प्रकाश पारेका थिए। उनले सबै व्यक्ति तथा घट्ना परिघटनामा साहित्य हुन्छ तर त्यसलाई व्यक्त गर्न सक्ने क्षमता सबैमा नहुने बताए ।

कार्यक्रमका विशेष अतिथि शारदा पोखरेल, नविन परियार, इन्दिरा सेर्ढाई, बलराम सेर्ढाई, दयानिधि सेर्ढाईसहित झण्डै दुर्इ दर्जन कविहरूले कविता वाचन गरेका थिए।मखमली चिति मञ्चका अध्यक्ष अर्जुन सेर्ढाईको अध्यक्षतामा भएको कार्यक्रममा मुक्तककार विजयराज बैरागीले स्वागत, शिवकुमारी न्यौपानेले धन्यवाद र श्यामविक्रम न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width